मधेस प्रदेशका ६४ सीटमा कहाँ कुन दलको अग्रता ? – Nepal Press

मधेस प्रदेशका ६४ सीटमा कहाँ कुन दलको अग्रता ?

जनकपुरधाम । मधेस प्रदेशको ६४ प्रदेशसभा क्षेत्रमध्ये पाँच क्षेत्रको परिणाम आइसकेको छ । अहिलेसम्म जनमत पार्टी ३, काँग्रेस १, लोसपा १ र जसपा १/१ क्षेत्रमा विजयी हासिल गरेको हो । जनमत पार्टीका सतिश सिंहले सप्तरी २ (१) र महेश यादव सप्तरी २ (२)मा विजयी भएका छन् ।

सिंहले मधेस प्रदेशका अर्थमन्त्रीसमेत रहेका जसपाका शैलेन्द्र साहलाई पराजित गरेका हुन् । साहलाई एमालेको पनि समर्थन थियो । विजयी भएका सिंह तिलाठी कोइलाडी गाउँपालिकाका पूर्वअध्यक्ष पनि हुन् ।

जनमतकै यादवले भने सत्ता गठबन्धनका उम्मेदवार माओवादीका उमेश यादवलाई पराजित गरे । उमेश पूर्व कृषिमन्त्री हुन् । पर्सा १ (२)बाट मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत विजयी भएका छन् । जसपाका राउतलाई एमालेको समर्थन थियो ।

पर्साकै २ (१)बाट काँग्रेसका श्याम पटेल र २ (२)बाट लोसपाका रमेश प्रसाद कुर्मी विजयी भएका छन् । एमाले र एकीकृत समाजवादीले अहिलेसम्म खातासमेत खोल्न सकेका छैन ।

प्रदेशको ५२ क्षेत्रको मतगणना जारी छ । जसमध्ये एमाले १३, काँग्रेस ११, जसपा ८, माओवादी ७, लोसपा ४, नेकपा एस ३, जनमत १ र स्वतन्त्र ४ क्षेत्रमा अगाडि देखिएका छन् ।

अहिलेसम्म सप्तरी १ (१), सिरहा ४ (२), धनुषा ३ (२), धनुषा ४ (२), महोत्तरी १(१), सर्लाही २(२) र बारा ३(२)मा मतगणना सुरु भएको छैन ।

हरेक प्रतिनिधिसभा क्षेत्रमा २ प्रदेशसभा क्षेत्र छन् । तर निर्वाचन अधिकृतको कार्यालयहरूले एउटा प्रदेश र प्रतिनिधिसभा क्षेत्रको मात्र गणना गर्ने व्यवस्था मिलाएको थियो । उम्मेदवारहरुको दबाबपछि केही क्षेत्रमा मात्र एकसाथ दुवैतिरको प्रदेशसभाको मतगणना भइसकको छ ।

कुन जिल्ला र क्षेत्रमा कुन दल अगाडि हेर्नुहोस्ः


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर