बागलुङ २ बाट शिक्षामन्त्री देवेन्द्र पौडेल विजयी

२०७९ मंसिर ७ गते १६:३३

काठमाडौं । बागलुङ २ बाट नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेल विजयी भएका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीसमेत रहेका उनले २४ हजार ७७९ मत ल्याएर विजयी भएका हुन् ।
उनले एमालेकी मञ्जु शर्मालाई पराजित गरेका हुन् । मञ्जुले २० हजार १८० मत ल्याएकी छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी तीला खत्री २ हजार ३२५ मत पाएकी छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर