जसपा अध्यक्ष उपेन्द्र यादव पराजित, सीके राउत दोब्बर बढी मतान्तरले विजयी
नेपाल प्रेस
२०७९ मंसिर ७ गते १६:२५
काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सप्तरी २ बाट पराजित भएका छन् । मधेस आन्दोलनको नेतृत्व गरेर उदाएका यादवलाई मधेसकै अर्का उदीयमान नेता सीके राउतले १८ हजारभन्दा बढी मतान्तरले पराजित गरेका हुन् ।
सीके राउत ३५ हजार ४२ मतसहित विजयी हुँदा उपेन्द्र यादव १६ हजार ९६९ मतमा रोकिएका छन् ।
प्रतिक्रिया