कञ्चनपुर २ को प्रदेशसभामा कांग्रेसका थापा विजयी – Nepal Press

कञ्चनपुर २ को प्रदेशसभामा कांग्रेसका थापा विजयी

कैलाली । कञ्चनपुरको प्रतिनिधिसभा क्षेत्र २ को प्रदेशसभा २ मा सत्ता गठबन्धनबाट उम्मेदवार भएका कांग्रेसका बहादुर सिंह थापा विजयी भएका छन् ।

एमाले उम्मेदवार कृपाराम रानालाई १ हजार ७२६ मतले पछि पार्दै थापा विजयी भएका हुन् ।

थापाले १० हजार ६६८ मत प्राप्त गर्दा रानाले ८ हजार ९४२ मत पाएका थिए । प्रदेशसभा १ मा पनि बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट माओवादीका ओमविक्रम भाट (सरल) विजयी भइसकेका छन् । प्रतिनिधि सभातर्फ पनि कांग्रेसका एनपी साउदले अग्रता बनाइरहेका छन् । यहाँ एमालेबाट नरबहादुर धामी उम्मेदवार छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर