सोलुखुम्बु प्रदेशसभा २ मा एमालेका बुद्धिकुमार राजभण्डारी विजयी
नेपाल प्रेस
२०७९ मंसिर ७ गते २०:०१
काठमाडौं । सोलुखुम्बुको प्रदेश सभा क्षेत्र नम्बर २ बाट नेकपा एमालेका बुद्धिकुमार राजभण्डारी दोस्रोपटक निर्वाचित भएका छन् ।
उनले सत्ता गठबन्धनमा माओवादी उम्मेदवार शिवबहादुर बस्नेतलाई पराजित गरेका हुन् । राजभण्डारीले १०१२८ मत प्राप्त गर्दै विजयी हुँदा माओवादीका बस्नेत ६८१५ मतमा रोकिएका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर