मकवानपुर–२ (१) मा माओवादीकी मोक्तान विजयी

२०७९ मंसिर ७ गते २३:१५

हेटौँडा । नेकपा एमालेका उम्मेदवारलाई ३ सय २२ मतको झीनो मतान्तरले पराजित गर्दै मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रदेशसभा क्षेत्र नम्बर ‘१’ मा नेकपा माओवादी केन्द्रकी कुमारी मोक्तानले जित हासिल गरेकी छिन् ।
मुख्य निर्वाचन अधिकृत कार्यालय मकवानपुरका अनुसार खसेको ४६ हजार ५३ मतमा मोक्तानले १९ हजार ८७३ मत प्राप्त गरेकी छन् ।
उनका निकटतम प्रतिस्पर्धी ढकालले १९ मत ५५१ प्राप्त गरेका छन् ।
यसअघि २०७४ को निर्वाचनमा मोक्तानले यसै क्षेत्रबाटै प्रदेशसभामा सदस्यमा निर्वाचित भएका थिए ।
प्रतिक्रिया
सम्बन्धित खवर