बझाङमा ऐन महरलाई पराजित गर्दै नेकपा एसका जोशी विजयी – Nepal Press

बझाङमा ऐन महरलाई पराजित गर्दै नेकपा एसका जोशी विजयी

कैलाली । बझाङबाट नेकपा एकीकृत समाजवादीका नेता भानुभक्त जोशी प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् ।

नेकपा एमालेका उम्मेदवार ऐन बहादुर महरलाई १ हजार १ मत अन्तरले पछि पार्दै जोशी प्रतिनिधि सभा सदस्यमा विजयी भएका हुन् ।

जोशीले २८ हजार ४१३ मत पाउँदा महरले २७ हजार ४१२ मत पाएका थिए । एमालेबाट दुई पटक सम्म सांसद भएर मन्त्री भएका जोशी अहिले नेकपा एकीकृत समाजवादीबाट निर्वाचित भएका हुन् ।


प्रतिक्रिया

One thought on “बझाङमा ऐन महरलाई पराजित गर्दै नेकपा एसका जोशी विजयी

  1. ऐन महरजस्तो युवा नेता हार्नु बझाङको लागि ठूलो घाटा हो । तर पनि जनताको फैसला स्विकार गर्नैपर्छ । यो पनि अदालतको फैसलाजस्तै । चित्त नबुझे पनि मान्नुपर्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *