मधेसमा जिततर्फ कांग्रेस पहिलो हुँदा जसपामाथि जनमत हाबी, कसले कहाँ जिते ? – Nepal Press

मधेसमा जिततर्फ कांग्रेस पहिलो हुँदा जसपामाथि जनमत हाबी, कसले कहाँ जिते ?

जनकपुरधाम । मधेस प्रदेशमा नेपाली कांग्रेस ठूलो दल बन्ने देखिएको छ । ६४ प्रदेशसभा क्षेत्रमध्ये अहिलेसम्म २७ सीटको अन्तिम परिणाम आएको छ । जसमा कांग्रेस ८ सीट जितेर पहिलो बनेको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले ५, जनमतले ४, माओवादी र जसपाले ३/३ र स्वतन्त्रले २ सीट जितेको छ । त्यस्तै नेकपा एमाले र नेकपा एकीकृत समाजवादीले पनि १/१ सीट जितेका छन् ।

२०७४ सालमा भएको निर्वाचनबाट जसपा मधेसमा ठूलो दल बनेको थियो । यो निर्वाचनबाट कांग्रेस ठूलो दल बन्ने सम्भावना बढेको छ । पहिलो पटक संसदीय चुनावमा भिडेको जनमत पार्टीले यो प्रदेशमा अप्रत्याशित रुपमा ४ सीट जितिसकेको छ ।

अहिलेसम्म को कहाँ विजयी ?

नेपाली कांग्रेस

मोहम्मद समिम, सप्तरी ३ (१)

रामसरोज यादव, धनुषा ३ (१)

वीरेन्द्रप्रसाद सिंह, सर्लाही ४ (१)

नागेन्द्र साह, सर्लाही १ (१)

कृष्णप्रसाद यादव, सर्लाही १ (२)

श्यामप्रसाद पटेल, पर्सा २ (१)

जनार्दन सिंह क्षेत्री, पर्सा ३ (२)

शंकरप्रसाद चौधरी, पर्सा ४ (१)

लोसपा नेपाल

अभिराम शर्मा, महोत्तरी ३ (१)

रानीकुमारी तिवारी, महोत्तरी ३ (२)

उपेन्द्र महतो, सर्लाही १ (१)

रमेशप्रसाद कुर्मी, पर्सा २ (२)

जीतेन्द्र सोनल, बारा २ (२)

जनमत पार्टी

सतिशकुमार सिंह, सप्तरी २ (१)

महेशप्रसाद यादव, सप्तरी २ (२)

शम्भुकुमार साह, सप्तरी ३ (२)

त्रिभुवन साह, सिरहा ४ (१)

माओवादी केन्द्र

फकिरा महतो, सर्लाही ४ (२)

रहवर अन्सारी, पर्सा १ (२)

युवराज भट्टराई, रौतहट ४ (१)

जसपा

सञ्जयकुमार यादव, सर्लाही ३ (२)

शेख अबुलकलाम आजाद, रौतहट ४ (२)

लालबाबु राउत, पर्सा १ (२)

स्वतन्त्र

केशव राय, रौतहट ३ (१)

प्रमोदकुमार जयसवाल, पर्सा ३ (१)

नेकपा एमाले

देवनारायण थारु, बारा ४ (१)

नेकपा एस

वेची लुङ्गेली, सर्लाही १ (२)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *