पाँचथरमा वसन्त नेम्वाङ र भीष्म आङदेम्वेबीच १७ मतको टक्कर – Nepal Press

पाँचथरमा वसन्त नेम्वाङ र भीष्म आङदेम्वेबीच १७ मतको टक्कर

झापा । पाँचथरमा पूर्वमन्त्रीद्वय वसन्तकुमार नेम्वाङ र भीष्मराज आङदेम्वेबीच रोचक प्रतिस्पर्धा चलिरहेको छ । प्रदेशसभातर्फ दुवै सीटमा सत्तागठबन्धनका उम्मेदवारले जितिसक्दा प्रतिनिधिसभामा भने एमालेका नेम्वाङ र कांग्रेसका भीष्मबीच पछिल्लो पटक १७ मतको फरक छ ।

सुरुदेखि नै उछिानापाछिन चलिरहेको गणनाको पछिल्लो विवरण २ बजे जारी हुँदा एमालेका नेम्वाङ २० हजा ३९८ मतसहित अग्रस्थानमा छन् । कांग्रेस सहमहामन्त्री भीष्म २० हजार ३८१ मतसहित १७ मतले पछाडि छन् ।

सो क्षेत्रमा राप्रपाका कमल चेम्जोङले १०४६ र जसपाका प्रेमराज लावतीले ७७८ मत पाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *