मोरङ १ र २ मा कडा टक्कर : एमाले-कांग्रेसबीच उछिनपाछिन – Nepal Press

मोरङ १ र २ मा कडा टक्कर : एमाले-कांग्रेसबीच उछिनपाछिन

विराटनगर । मोरङ १ र २ मा तीब्र प्रतिस्पर्धा देखिएको छ । सत्तागठबन्धन र एमालेका उम्मेदवारबीच गणना सकिन लाग्दासम्म विजेताको लख काट्न नसक्दा प्रतिस्पर्धा रोचक देखिएको हो ।

मोरङ १ मा एमाले उम्मेदवार घनश्याम खतिवडाले सुरूदेखि नै अग्रता लिएका छन् । कुनै बेला १५ सयको अग्रता बनाएका खतिवडा र कांग्रेसका डिगबहादुर लिम्बीबीच अहिले २४१ मतको फरक छ । खतिवडाले १७२९५ मत ल्याउँदा कांग्रेसका लिम्बूले १७८१ मतले पछ्याएका छन् ।

क्षेत्र नम्बर २ मा भने सुजता कोइराला र एमालेका जिल्ला अध्यक्ष ऋषिकेशको उछिनपाछिन चलिरहेको छ ।

पछिल्लो मत परिणाम अनुसार एमालेका ऋषिकेश २७ हजार ७१३ मतका साथ अगाडि छन् भने २६ हजार ६५० मत ल्याएर सुजताले पछ्याइरहेकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर