दुर्लभ भाग्यशाली जो सय मतभन्दा कमले विजयी बने – Nepal Press

दुर्लभ भाग्यशाली जो सय मतभन्दा कमले विजयी बने

काठमाडौं । प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनको अन्तिम मतपरिणाम आउने क्रम जारी छ । निर्वाचनका कतिपय क्षेत्रमा थोरै मतले पनि निर्वाचन हारजित भएको छ ।

एकमात्रै प्रतिनिधि सभा रहेको पाँचथरमा नेकपा एमालेका वसन्त नेम्वाङ निर्वाचित भए । उनले ३२ हजार ११० मत ल्याउँदा कांग्रेसका भिष्मराज आङदम्वेले ३२ हजार ६३ मत ल्याएर पराजित भए । उनीहरुबीच ४७ मात्रै मतान्तर छ ।

काभ्रे १ को प्रदेशसभा (२) मा पनि ३ मतले हारजितको टुंगो लागेको छ । कांग्रेसका तीर्थ लामाले १९ हजार २८० मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका चन्द्र लामाले १९ हजार २७७ मत ल्याए ।

यस्तै, स्याङ्जा १ (२) मा पनि रोचक प्रतिस्पर्धा भएको छ । यहाँ एमालेका सुधीर पौडेलले ६ मतले जित हात परे । एमालेका पौडेलले १७ हजार ४४१ मत ल्याउँदा कांग्रेसका बुद्धिबहादुर रानाले १७ हजार ४३५ मत मात्रै ल्याए ।

यस्तै, सङ्खुवासभाबाट प्रदेशसभा (१) मा माओवादीका राजेन्द्र कार्की (नवीन) ३४ मतान्तरले निर्वाचित भएका छन् ।
उनले १३ हजार चार सय ३३ मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका भविश्वर गुरुङले १३ हजार तीन सय ९९ मत ल्याए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर