सुजाताले जोगाउन सकिनन् गिरिजाबाबुको विरासत, मोरङ २ मा एमालेका ऋषिकेश विजयी
नेपाल प्रेस
२०७९ मंसिर ९ गते २०:११
काठमाडौं । पूर्व उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसकी प्रभावशाली नेता सुजाता कोइराला पराजित भएकी छन् ।
स्वर्गीय गिरिजाप्रसाद कोइरालाको विरासत मानिएको मोरङ क्षेत्र नम्बर २ बाट कोइरालापुत्री सुजाता पराजित भएकी हुन् ।
सो क्षेत्रमा एमालेका ऋषिकेश पोखरेल ३३ हजार १४८ मतका साथ विजयी भएका छन् । सुजाताले ३१ हजार ९४० मत पाएकी छन् ।
यसअघि सो क्षेत्रमा कांग्रेसका डा. मिनेन्द्र रिजालसँग पराजित भएका पोखरेलले यस पटक सुजातालाई पराजित गरेका हुन् ।
प्रतिक्रिया
सम्बन्धित खवर