लगातार दोस्रो हारसँगै घरेलु टोली कतार बाहिरिने संघारमा, सेनेगलको सम्भावना कायमै – Nepal Press

लगातार दोस्रो हारसँगै घरेलु टोली कतार बाहिरिने संघारमा, सेनेगलको सम्भावना कायमै

दोहा। घरेलु टोली कतारले विश्वकप फुटबलमा लगातार दोस्रो हार ब्यहोरेको छ। समूह एको खेलमा कतारल शुक्रबार सेनेगलसँग ३-१ गोलले पराजित भयो।

लगातार दोस्रो हारसँगै कतार पहिलो चरणबाटै बाहिरिने लगभग पक्का भएको छ। शुक्रबार राती हुने सोही समूहको अर्को खेलमा नेदरल्यान्ड्स र इक्वेडरबीच बराबरी भए कतार एक खेल खेल्न बाँकी रहँदै बाहिरिने पक्का हुने छ।

कतार पहिलो खेलमा इक्वेडरसँग पराजित भएको थियो। अब समूहको अन्तिम खेलमा नेदरल्यान्ड्ससँग खेल्ने छ। समूहमा १-१ खेलबाट नेदरल्यान्ड्स र इक्वेडरको समान ३ अंक छ। यस्तै सेनेगलले पनि दुई खेलबाट ३ अंक जोडेको छ। समूहको आफ्नो अन्तिम खेलमा सेनेगलले इक्वेडरसँग खेल्ने छ।

सेनेगलको जितमा बौलाय डिया , बेम्बा डियेङ,  फामरा डायधियुले गोल गरे। २-० गोलले पछाडि रहेको अवस्थामा कतारले गोल फर्काएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *