सञ्चारमन्त्रीको क्षेत्रमा मतगणना स्थगित, सत्ताको दुरुपयोग हुन थालेको एमालेको आरोप – Nepal Press

सञ्चारमन्त्रीको क्षेत्रमा मतगणना स्थगित, सत्ताको दुरुपयोग हुन थालेको एमालेको आरोप

इटहरी । सरकारका प्रवक्ता समेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले मतगणनामा असन्तुष्टि जनाउँदै पुनः गणनाको माग गरेपछि सुनसरी ४ को मतगणना प्रभावित भएको छ ।

कार्की एमालेका जगदीश कुसियतभन्दा पछि पर्न थालेपछि विवाद भएको थियो ।

कांग्रेसले अहिलेसम्म गणना भएका सबै करिब ८० हजार मत पुनः गन्नुपर्ने माग राखेको छ भने एमालेले मानेको छैन ।

विवादका कारण शनिवार साँझदेखि मतगणना कार्य स्थगित राखिएको मुख्य निर्वाचन अधिकृतले विज्ञप्तिमार्फत जनाएका छन् ।

यसअघिको सर्वदलीय बैठकमा पनि सहमति हुन नसक्दा बैठकमै मन्त्री कार्की र एमाले जिल्ला अध्यक्ष रेवती भण्डारीबीच चर्काचर्की भएको थियो ।

एमालेले सरकारका प्रवक्ता कार्की हार्ने भएपछि मतगणनामा अवरोध सिर्जना गरेर सत्ताको दुरुपयोग गरेर तलमाथि गर्न खोजेको आरोप लगाएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर