सर्लाही २ बाट महिन्द्र राय यादव विजयी, राजेन्द्र महतो पराजित
नेपाल प्रेस
२०७९ मंसिर १० गते १९:४३
सर्लाही २ बाट नेकपा माओवादी केन्द्रका महिन्द्र राय यादव विजयी भएका छन् ।
उनले लोकतान्त्रिक समाजवादी पार्टीका राजेन्द्र महतोलाई पराजित गरेका हुन् ।
यादवले २३ हजार ५२९ मत पाए । महतोले २१ हजार ५१८ मत पाए ।
यस्तै नेकपा एमालेका राज नारायण साहले १४ हजार ८१९ मत पाए । जनमत पार्टीका नरेश कुशवाहाले ६ हजार ५५४ मत पाए ।
प्रतिक्रिया
सम्बन्धित खवर