माओवादीका मातृका यादवलाई पराजित गर्दै धनुषा १ बाट जसपाका कार्की विजयी
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
२०७९ मंसिर १० गते २१:२०
![](https://www.nepalpress.com/wp-content/uploads/2022/11/dhanusha-1-deepak-karki.jpg)
जनकपुरधाम । धनुषा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा जनता समाजवादी पार्टी (जसपा) का दीपक कार्की विजयी भएका छन् ।
कार्कीले झण्डै ६ हजार मतान्तरले नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता मातृका यादवलाई पराजित गरेका हुन् ।
एमालेसँगको तालमेलमा उठेका जसपाका कार्कीले २७४३१ मत ल्याउँदा सत्ता गठबन्धनका उम्मेदवार यादव २१४८३ मतमा रोकिए ।
७४ मा यादवले कार्कीलाई पराजित गरेका थिए ।
एमाले परित्याग गरी जनमत पार्टीबाट उम्मेदवार बनेका किशोरी साह १४४६८ मत ल्याएर तेस्रो बनिन् ।
प्रतिक्रिया