बैठक चलिरहँदा घोडाघोडी नगरपालिकामा तालाबन्दी, कार्मचारी र जनप्रतिनिधि थुनिए (भिडिओ)
नेपाल प्रेस
२०७९ मंसिर ११ गते १२:०५
कैलाली । गएराति सरकारी आवासमा मदिरा सेवन गरी बितन्डा मच्चाएको भन्दै नेपाल कम्युनिष्ट पार्टीले घोडाघोडी नगरपालिकामा तालाबन्दी गरिएको छ ।
कार्यपालिका बैठक चलिरहेका बेला नगरपालिकामा तालाबन्दी गरिँदा कर्मचारी र जनप्रतिनिधि भित्रै थुनिएका छन् । मादक पदार्थ सेवन गरी सरकारी क्वाटरमा तोडफोड गरेको लगायत ४ बुँदे माग राख्दै तालाबन्दी गरिएको हो।
गिट्टी वालुवा टेन्डर नगरी मनोमानी गरेको, त्यसबाफत रकम असुल गरेको,नगरपालिकामा भ्रष्टाचार बढाएको भन्दै तालबन्दी गरिएको हो ।तालाबन्दी पछि नाराबाजी समेत भएको थियो ।
प्रतिक्रिया
Tala ta ani ek tira matrai layechha ta! yo kasari hunchha, gate ta khula nai chhan ni, baya tira taanyo bhaney ta gate khulchha. Fake bhanda.
Video ma 1:05 timer ma pause garyo bhane dekhinchha.