चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शनमा राष्ट्र बैंक लचक, संशोधन हुने – Nepal Press

चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शनमा राष्ट्र बैंक लचक, संशोधन हुने

काठमाडौं । चालु पूँजी कर्जा सम्बन्धी मार्गदर्शनमा राष्ट्र बैंक लचक हुने भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाको आइतबार सार्वजनिक गर्दै सो कुरा बताएको हो ।

चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शनमा लागू गर्दा केही समस्या भएको संशोधन गर्न लागेको राष्ट्र बैंक प्रवक्ता डा. गुणाकर भट्टले जानकारी दिए ।

चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शनले समस्या ल्याएको उद्योगी व्यवसायीले बताउँदै आएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर