कांग्रेसकी एक्ली प्रत्यक्ष सांसद सीता गुरुङ भन्छिन्- अब मन्त्री हन्ड्रेड पर्सेन्ट


इटहरी । २०७४ सालको चुनावमा तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री सीता गुरुङले एकमात्रै चुनाव क्षेत्र भएको तेह्रथुमबाट सांसद टिकट पाइन् । तर, वाम गठबन्धनको जगजगी भएको समयमा वामपन्थीहरूको बलियो पकड भएको तेह्रथुममा गुरुङले भवानीप्रसाद खापुङसँग चुनाव हारिन् । चुनाव हर्दा पनि देशभरका थोरै मतान्तरमा मात्रै पराजित हुने नेपाली कांग्रेसका थोरै नेताको सूचीमा परिन् ।
जुन गठबन्धनको पक्षबाट आफूविरुद्ध चुनाव लडेका थिए भवानी खापुङ अन्ततः उनी नेकपा विभाजनको किस्ताहरू पछि कांग्रेस नेतृत्वकै गठबन्धनमा जोडिन आइपुगे । नेपाली कांग्रेसबाट टिकट लिने नाममा लगभग निश्चित गुरुङलाई सत्ता गठबन्धनका स्वास्थ्यमन्त्री भवानी खापुङले टिकट खोस्ने डर भयो । उनले टिकटमा दाबी गर्दै युवाहरूलाई अघि बढाउनुपर्ने पक्षमा निरन्तर मिडियामा वकालत गरिन् । गत भदौ दोस्रो साता नेपाल प्रेससँग बोल्दै गुरुङले प्रश्न गरेकी थिइन्, ‘काठमाडौंमा युवा चाहिने, तेह्रथुममा नचाहिने हुन्छ ?’
नभन्दै गुरुङले नै टिकट पाइन् । बाहालवाला क्याबिनेट मन्त्रीलाई चुनावी रेसबाट पाखा लाएर उनले टिकटमात्रै पाइनन् जितिन् पनि । तेह्रथुमबाट दुई पटक निर्वाचित सांसद भएका तथा एक पटक समानुपातिक सांसद भएका एमालेका केन्द्रीय निर्वाचन आयोगकका अध्यक्षसमेत रहेका विजय सुब्बालाई गुरुङले १ हजार ७९ मतान्तरले पराजित गरेकी छिन् । गुरुङको १९ हजार ७०२ मत आउँदा सुब्बाले १८ हजार ६२३ मत ल्याए ।
तेह्रथुमबाट चुनाव जितेकी गुरुङ नेपाली कांग्रेसबाट चुनाव जित्ने एक्ली संघ सांसद भएकी छन् । प्रदेश १ बाटै नेपाली कांग्रेसकि हेभिवेट नेतृ सुजाता कोइरालाले गिरिजाप्रसाद कोइरालाको विरासत बोकेको भनिएको मोरङमा चुनाव हार्दा गुरुङले तेह्रथुममा वामपन्थी गढलाई भत्काइन् ।
अझ रोचक कुरा हालसम्म लिम्बूवानको क्षेत्र तेह्रथुमबाट संघ चुनाव जित्ने पहिलो गैर लिम्बू सांसद पनि गुरुङले नै हुने मौका पाएकी छिन् ।
चुनाव जितेपछि अहिले गुरुङ जनताको घरदैलोमा सक्रिय छिन् । नेपाल प्रेससँग कुरा गर्दा गुरुङ तेह्रथुमको आठराई क्षेत्रको आफ्नो घर युवामा जाँदै थिइन् । आठराई क्षेत्र पूर्वप्रधानमन्त्री केपी शेर्पा ओलीदेखी पूर्वगृहमन्त्री कृष्ण सिटौला परिवारको लिगेसी क्षेत्रको क्षेत्र हो ।
सीताले आफ्नो जितमा युवाहरूले धेरै सक्रियता देखाएको बताइन् । सबैको मत आएको र युवाहरुमा भने उत्साह धेरै पाएको उनले सुनाइन् । यस अगाडि नै संघिय क्याबिनेटको राज्यमन्त्री भइसकेकी केन्द्रीय सदस्य गुरुङ अहिले नेपाली कांग्रेसकै एक्ली निर्वाचति संघ सांसद हन् ।
बहालवाला मन्त्री भएको तेह्रथुम जिल्लामा गुरुङको जितले अर्को मन्त्रालय पाउँछ त भन्ने प्रश्नमा उनले भनिन्, ‘अब मन्त्री हन्ड्रेड पर्सेन्ट ।’