हर्क साम्पाङको शैलीमा उत्रिए रवि- भरतपुरमा खानेपानी आयोजना सुचारु गर्न श्रमदान – Nepal Press

हर्क साम्पाङको शैलीमा उत्रिए रवि- भरतपुरमा खानेपानी आयोजना सुचारु गर्न श्रमदान

काठमाडौं । चितवन–२ बाट सांसद निर्वाचित भएका रवि लामिछाने आफ्नो पद तथा गोपनीयताको शपथग्रहण नगर्दै कार्यक्षेत्रमा उत्रिएका छन् । आज उनी भरतपुरको एउटा पुरानो खानेपानी आयोजना सुचारु गर्नका निम्ति श्रमदानमा सहभागी भए ।

जापान सरकारले १९९३ सालमा निर्माण गरिदिएको भरतपुर खानेपानी आपूर्ति परियोजना लामो समयदेखि अवरुद्ध थियो । आज रविको नेतृत्वमा भरतपुरका स्थानीयवासीले यो परियोजनाको पानी ट्याङ्की खुलाउन उत्साहपूर्वक श्रमदान गरे । रवि आफैँ हातमा हँसिया लिएर झाडीहरू पन्छाउने र सफा गर्ने काममा खटिएका थिए ।

स्थानीयवासीका अनुसार यस ट्याङ्कीबाट चितवनको थुप्रै स्थानमा खानेपानीको आपूर्ति हुने गर्थ्यो । तर, २०६० सालमा पहिरो गएपछि यो आयोजना अवरुद्ध भएको हो । त्यता स्थानीयले आफ्नै पहलमा सानो कुवा बनाएर मोटरबाट ट्याङ्कीमा चढाइ थोरै पानी आपूर्ति गर्दै आएका छन् । रविले अवरुद्ध आयोजनालाई सुचारु गरेर चितवनवासीको तिर्खा मेट्ने प्रयास गरेका हुन् ।

धरानका मेयर हर्क साम्पाङले पनि आफ्ना नगरवासीलाई खानेपानी खुवाउने कामलाई पहिलो प्राथमिकतामा राख्दै सुरुदेखि श्रमदानमा खटिएका थिए । रविले पनि उनको शैली पछ्याएर आफैँ श्रमदानमा लागेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर