सुनसरी ४ : ११ सय भोट गन्न बाँकी हुँदा सञ्चारमन्त्री कार्की र जगदीशबीच मतान्तर २७ मात्र
नेपाल प्रेस
२०७९ मंसिर १५ गते ८:४३
विराटनगर । मतगणना जारी रहेको सुनसरी क्षेत्र नम्बर ४ मा कांग्रेस उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले मतान्तर साँघुरो पार्दै लगेका छन् ।
ताजा अपडेटअनुसार सञ्चारमन्त्री कार्की एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतसँग २७ मतले मात्र पछाडि छन् ।
कुसियैतले २९९६६ मत प्राप्त गर्दा कार्कीको २९९३९ मत रहेको छ ।
अब बराह १० को करिब ११ सय मत गणना बाँकी छ ।
प्रतिक्रिया