प्रचण्ड भेट्न खुमलटार पुगे कांग्रेस नेता महत – Nepal Press

प्रचण्ड भेट्न खुमलटार पुगे कांग्रेस नेता महत

काठमाडौं । नेपाली कांग्रेस नेता तथा प्रवक्ता डा. प्रकाशशरण महतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटेका छन् । प्रचण्ड निवास खुमलटार पुगेर प्रवक्ता महले प्रचण्डलाई भेटेका हुन् ।

भेटमा अध्यक्ष प्रचण्डलाई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकोमा बधाई दिँदै, गठबन्धन र समसामयिक राजनीतिक बिषयमा छलफल भएको उनले बताए ।

सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच अबको सरकार कसरी चलाउने भन्ने विषयमा छलफल भइरहेको छ । सोही क्रममा प्रवक्ता महत प्रचण्ड भेट्न पुगेका हुन् ।


प्रतिक्रिया

One thought on “प्रचण्ड भेट्न खुमलटार पुगे कांग्रेस नेता महत

  1. अन्तिममा काँग्रेसको पुच्छर हुन जाने नै हो । घुर्की चाहि किन नि ? बढी मन्त्री खान ? दिएको खाने बाहेक हैसियत छैन । एसले एकता गर्दिन भनिसक्यो । धेरै कुम हल्लाएर यता र उता गर्दैमा पार्टी सकिने भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर