ज्ञानेन्द्र शाहीले भने- संसदको पहिलो बैठकमा एमसीसीविरुद्ध आवाज उठाउँछु (भिडिओ)
नेपाल प्रेस
२०७९ मंसिर १७ गते १६:२९
काठमाडौं । जुम्लाबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले संसदको पहिलो बैठकमा एमसीसीविरुद्ध आवाज उठाउने बताएका छन् ।
चुनाव जितेर काठमाडौं फर्किएका शाहीले विमानस्थलमै आफ्ना समर्थकलाई सम्बोधन गर्दै भ्रष्टाचारविरुद्ध संसदबाट आवाज उठाउने बताए ।
शाहीले वाइडबडी काण्ड, मेलम्ची काण्ड, एनसेल काण्डजस्ता ठूला भ्रष्टाचार काण्ड मच्चाउनेहरुको भण्डाफोर संसदबाट गर्ने बताए ।
ज्ञानेन्द्र शाहीले विमानस्थलमा पत्रकारसँग विशेष कुराकानी गर्ने भनेर बोलाएका थिए तर उनका समर्थकले बाजागाजासहित नाराबाजी गरेपछि पत्रकार सम्मेलनका साटो सम्बोधन गरेर हिँडेका छन् ।
प्रतिक्रिया
राप्रपाको निर्णय हो ? त्यो पार्टीको साँसदले एक्लै एजेण्डा उठाउने ? नैतिकता, लोकतान्त्रिक चरित्र छैन ?