माओवादीको निर्णय – सरकार गठनमा सबै विकल्प खुला, एमालेसँग पनि हुन सक्ने
नेपाल प्रेस
२०७९ मंसिर १७ गते १७:१४
काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकार गठनका सन्दर्भमा सबै विकल्प खुला राख्ने निर्णय गरेको छ ।
पदाधिकारी बैठकपछि पत्रकारसँग कुरा गर्दै माओवादी उपाध्यक्ष कृष्णबहादुर महराले गठबन्धन छाड्ने निर्णय भने नगरेको बताए । उनले अन्य विकल्पमा पनि खुला रहने समेत जानकारी दिए ।
उनले अन्य विकल्पमा पनि खुला रहने समेत जानकारी दिए । बैठकमा अपेक्षा गरे अनुरुप प्रतिनिधि सभामा सीट आउन नसकेको समिक्षा भएको महराले बताए ।
बैठकपछि महासचिव देव गुरुङले अहिले गठबन्धनमै रहेकाले गठबन्धनकै सरकार गठनको पहल हुने भन्दै वार्ता र संवाद एमालेसँग पनि हुनसक्ने बताए ।
बैठकमा चुनावको प्रारम्भिक समिक्षामात्र भएकाले सरकार गठनको प्रक्रिया तथा एजेण्डाबारे छलफल नै नभएको उनले बताए ।
राजनीतिक कोर्ष जता पनि जान सक्ने भन्दै उनले गठबन्धन अहिले यथावत नै रहेको बताए । तर भावी यात्राबारे अहिले कुरा नभएको उनले प्रष्ट पारे ।
प्रतिक्रिया
अस्तिसम्म गठबन्धनको नाममा भोट मागिरहेको माओवादीले अहिले वेईमान कुरा गर्न शुरू गरिसक्यो। यस्ता अनैतिक, वेईमानसँग किन पटक पटक काँग्रेस एमाले गठबन्धन गर्छन ? अब यो देशमा अस्थिरता शुरू भयो । माओवादीको यो निर्णयले अस्थिरताको विजारोपण गरिसक्यो । ५२ सालदेखि भारतले नेपालमा अस्थिरता जन्माउन नै यो पार्टी बनाईदिएको हो । यसले ओैकात देखाउन थाल्यो ।