स्वाभाविक स्खलन र नवोदय
मंसिर ४ मा सम्पन्न आमनिर्वाचनको नतिजा अहिले पनि पूर्ण रुपमा आइसकेको छैन । तर, यो निर्वाचनले ल्याएको अहिलेसम्मको परिणाम हेर्दा यसले केही राजनीतिक सन्देश अवश्य दिन खोजेको छ । काठमाडौंदेखि चितवनसम्मको निर्वाचनलाई ‘व्यवस्था परिवर्तनविरुद्ध अवस्था परिवर्तन’को न्यारेटिभमा राष्ट्रिय स्वतन्त्र पार्टीले घण्टी बजायो । यता मधेसमा जनमत पार्टीको लाउडस्पिकरमार्फतको ध्वनि प्रखर भयो । पश्चिम मधेसमा रेशम चौधरीसँग भइरहेको राजनीतिक अन्यायका विरुद्ध नागरिक उन्मुक्ति पार्टीको ढकियामा आक्रोशको ब्यालेट पोखिएको छ । नेपाली लोकतन्त्रभित्र मधेसमा हुने निर्वाचनले दिने गणितीय परिणामलाई क्रान्तिको चस्माले केलाउनु एक किसिमको दिवालियापन नै हुनेछ । तर, यस आलेखमा मधेस प्रदेशभित्रको परिवर्तित सुगबुगाहटबारे चर्चा गर्न खोजिएको छ ।
वर्तमान इतिहास
गणतन्त्रको संघर्ष : नेपालको समकालीन इतिहास नामक पुस्तकमा लेखक प्रशान्त झाले ‘धोती पुगे सिंहदरबार’ भन्ने शीर्षकमा पहिलो संविधानसभा निर्वाचनको प्रसंगलाई कोट्याएको एउटा प्रसंग राख्न बाञ्छनीय हुनेछ । पत्रकारिता पृष्ठभूमि भएका लेखक झा निर्वाचनको रिपोर्टिङ गर्न सुनसरीको बोक्राहातर्फ सुजाता कोइरालाको चुनाव प्रचारप्रसार अवलोकन गर्न गएका रहेछन् ।
सुजाता कोइराला गाडीमा हुइँकिँदै गर्दा एउटा भीडले नारा लगायो, सुजाता दिदी जिन्दावाद ! एउटा प्राथमिक विद्यालय छेउमा उभेर कोइरालाले पुराना विषयवस्तु दोहोर्याइन् । उनको परिवारले राजनीतिक संघर्षमा कस्ता बलिदानी दिए, राजतन्त्रसँग लड्दै माओवादीलाई मूलधारमा ल्यायो र कोइरालाहरु कसरी मधेसप्रति जीवनपर्यन्त संवेदनशील रहे ।
सप्तरी २ मा यसपालि मतदाताले उपेन्द्र यादवलाई पनि दरकिनारा लगाइदियो । डेढ दशकमा मधेसवादी दलहरुले मधेस शब्दलाई बहिस्कार गरे र मधेसी जनताले त्यो अहंंकार र दिशाहीनताको विरुद्ध आक्रोश ब्यालेटमार्फत पोखेका छन् ।
त्यही प्रसंगमा नजिकको अर्को विद्यालयमा उपेन्द्र यादवको प्रचार भइरहेको थियो । लगभग हजारवटा सभामा उनले बोल्दै आएको मुख्य लाइन थियो, ‘कोइराला, आचार्य र उपाध्यायहरुको चाकरी बन्द गरौं । उनीहरुले हामीलाई प्रयोगमात्र गरे । के उनीहरुले तपाईंलाई समान व्यवहार गरेका छन् ? जे हाम्रो हो, त्यो हामी नै फिर्ता लिऔं । हाम्रो अधिकार, इज्जत र पहिचान फिर्ता मागौं ।’
निचोड निकाल्दै लेखक झाको अनुभवमा सन् २००८ को तराई निर्वाचनको राजनीतिक संघर्ष कोइराला र यादवबीचको संघर्ष हुन पुग्यो । तर, लामो समयदेखिको सामाजिक, आर्थिक र राजनीतिक संरचनाको जरा माओवादी आन्दोलनले मक्काइदिएको थियो । त्यसमाथि मधेस आन्दोलनको रापताप । कोर मधेसका मतदाताहरुले उपेन्द्र यादवले किटान गरेका कोइराला, आचार्य र उपाध्यायहरुका विकल्पमा यादव, झा, साह-मण्डलहरुलाई निर्वाचित गराए । सन् २००८ देखि २०२२ सम्म कोसी नदीमा धेरै पानी बगेको छ ।
मंसिर ४ को निर्वाचनसम्म आइपुग्दा सुनसरी मधेस प्रदेशको चौहदीमा पर्न सकेन । सप्तरी २ मा यसपालि मतदाताले उपेन्द्र यादवलाई पनि दरकिनारा लगाइदियो । डेढ दशकमा मधेसवादी दलहरुले मधेस शब्दलाई बहिस्कार गरे र मधेसी जनताले त्यो अहंंकार र दिशाहीनताको विरुद्ध आक्रोश ब्यालेटमार्फत पोखेका छन् ।
मधेसलाई नेपालबाट अलग गराउनुपर्छ भनी आन्दोलन सुरु गरेर राजनीतिमा चर्चा कमाएका डा.चन्द्रकान्त (सीके) राउतसँग नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकारले ११ बुँदे सम्झौता ग¥यो, र ट¥यो विखण्डनवादको मुद्दा । सम्झौतापूर्व ‘आजाद मधेस’को चर्को भाषण गर्न पूर्वदेखि पश्चिमसम्म पुग्दा झण्डै दुई दर्जन पटक गिरफ्तार गरिए । डा. राउत र उनका समर्थकहरु गिरफ्तार हुँदा मधेसका हरेक जिल्लामा डा.राउतप्रति आमजनको ध्यानाकर्षण सजिलै हुने गर्थ्यो । राज्यले स्वतन्त्र मधेस गठबन्धनको कार्यकर्तामाथि बल प्रयोग गर्दा डा. राउतको व्यक्तित्व एउटा अटल विद्रोहीको रुपमा गाउँघरतिर स्थापित हुन थाल्यो ।
भर्खरै सम्पन्न आमनिर्वाचनमा जनमत राष्ट्रिय पार्टी बन्न सफल भएको छ । मधेस प्रदेशमा जनमतले सत्ताको साँचो बन्ने हैसियत प्राप्त गरेको छ ।
कारण प्रस्ट छ । मधेसको भूमिले काठमाडौंको दमन कहिल्यै बर्दास्त गर्दैन । पहिलो मधेस आन्दोलनदेखि २०७२ सम्मको आन्दोलनले यो प्रमाणित गरिदिएको छ । तर, ११ बुँदे सहमति गरेपश्चात राज्यको यातना सहन नसकेर डा.राउतले आत्मसमर्पण गरे भनी चर्चा घनिभूत रुपमा चलिरह्यो, काठमाडौंदेखि जनकपुरसम्म । उनका केही पुराना साथीहरुले सीकेको साथ छोडे । लगत्तै डा. राउत नयाँ अवतारमा आए । जनमत पार्टी नामक राजनीतिक दल दर्ता गराई नेपालको राजनीतिक व्यवस्थामा एक नयाँ सदस्यको रुपमा उनी थपिए । उही जनमत पार्टीको चर्चा अहिले व्याप्त छ ।
भर्खरै सम्पन्न आमनिर्वाचनमा जनमत राष्ट्रिय पार्टी बन्न सफल भएको छ । मधेस प्रदेशमा जनमतले सत्ताको साँचो बन्ने हैसियत प्राप्त गरेको छ । जनमतको प्रदर्शनको चर्चाको एउटा प्रमुख कारण हो, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई ठूलो मार्जिनले हराउँदै डा.राउतले कोरेको पहिलो संसदीय यात्रा । तकनिकी हिसाबले जसपाले पनि राष्ट्रिय पार्टीको दर्जा प्राप्त गरेको छ । लोसपालाई जनताले राष्ट्रिय हैसियतसमेत दिएन । जसपाले थ्रेसहोल्ड कटाएर उपेन्द्र यादव पराजय हुनु र महन्थ ठाकुर निर्वाचन जिते पनि लोसपाले थ्रेसहोल्ड नकटाउनुले दुबै दलको हैसियत समान पारिदिएको छ ।
मधेसको मुड
देश टुक्र्याउने मुद्दा नउठाएको भए मधेसमा सीकेले राजनीतिक महत्व पाउँथ्यो भन्नेमा शंका छ । तर, आफ्नो पहिलो राजनीतिक आडान त्यागेका सीकेलाई थाहा थियो कि मधेसमा सिद्धान्तको खपत छैन । मधेस राजनीतिक रुपले तातोभूमि हो । ‘संविधान संशोधन र धोती-टोपी’को भाष्य सुन्नलाई मधेसीले लाउडस्पिकरमा किन स्वस्तिक लगाउँछ ? उनले जनमत माटो यात्रा कार्यक्रम सञ्चालनमा ल्याएर पश्चिमदेखि पूर्वसम्म, मधेसमा पर्ने हरेक स्थानीय तहलाई केन्द्रमा राखी माटो संकलन गरी मधेस एकता उद्यान निर्माण गर्ने भनी आमजनताको ध्यानाकर्षण गरे । कर्मचारीले काम नगरेको कारण देखाउँदै जनकपुरमा कर्मचारीलाई अर्धनग्न बनाएर नगर परिक्रमासम्म गराए ।
तकनिकी हिसाबले जसपाले पनि राष्ट्रिय पार्टीको दर्जा प्राप्त गरेको छ । लोसपालाई जनताले राष्ट्रिय हैसियतसमेत दिएन । जसपाले थ्रेसहोल्ड कटाएर उपेन्द्र यादव पराजय हुनु र महन्थ ठाकुर निर्वाचन जिते पनि लोसपाले थ्रेसहोल्ड नकटाउनुले दुबै दलको हैसियत समान पारिदिएको छ ।
मानव अधिकारको दृष्टिकोणले एकदमै असहनीय जनमतको उक्त कृत्यले कर्मचारीतन्त्रबाट पीडित ठूलो जनमानसमा सीकेले पारदर्शिताको छाप छोडेको हुनुपर्छ । जनमत पार्टीले मधेस प्रदेश सरकारको मुख्यमन्त्री मो. लालबाबु राउतले सञ्चालन गरेको मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाऊ र मुख्यमन्त्री स्वच्छता अभियानमा व्यापक अनियमितता भएको भन्दै छानबिन गरी दोषीलाई कारबाही प्रक्रिया अगाडि बढाउन भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालय घेराउ ग¥यो । ठ्याक्कै एक वर्ष अगाडिको घटना हो यो ।
पछिल्लो समय मधेसमा भ्रष्टाचारविरुद्धको ठूलो हल्लाबोलको रुपमा यसलाई लिइएको थियो । मधेस भवनभित्र सुखसुविधामा लैश नेताहरुले किसानको लागि के गरे ? अहिलेसम्म उपेन्द्र यादव र महन्थ ठाकुरहरुले मधेसमा किसानको क्रन्दन महसुस गर्न नसक्नु जस्ता तथ्यलाई सत्य महसुस हुनेगरी किसान आन्दोलनको कार्ड फ्याँक्यो जनमतले । किसान आन्दोलनको नाममा झण्डै ४५ दिन पूर्व-पश्चिम राजमार्ग तनावग्रस्त बनाए । ट्रकहरुमा आगजनीदेखि प्रहरीसँग हिंसात्मक झडपहरुसम्म भयो । यी घटना परिघटनाहरुले मध्यम वर्गीय आम मधेसी र गरिब किसानहरुमा संविधान संशोधनको राजनीतिभन्दा फरक स्वाद जनमतले दिने प्रयास गर्यो । त्यही भएर होला, प्रत्यक्षतर्फ मधेस प्रदेशमा नेकपा एमालेले सबभन्दा अधिक सीट जिते पनि उक्त प्रदेशमा चुनावी चर्चा जनमतले नै कमाएको देखिन्छ ।
अहिले जनमत पार्टीका अध्यक्ष सीके राउत काठमाडौंको सत्ताबजारमा आफ्नो भाउ आजमाउन व्यस्त देखिन्छन् । गठबन्धनका घटक दलका विभिन्न नेताहरुसँग सत्ता सहकार्यको संवाद थालेका छन् । मधेस प्रदेशमा जनमतको नेतृत्वमा सरकार बन्नुपर्छ भनी आह्वान गर्न थालेका छन् । शिक्षा, स्वास्थ्य, कृषि, रोजगार सिर्जनाको सपना देखाएको जनमतले पाएको जनादेश र मतादेशको निर्वाह कसरी गर्लान् त्यो समयले देखाउने नै छ ।
(लेखक चाैधरी शान्ति विकास अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक हुन् ।)
जसपाले थ्रेसहोल्ड कटाएर उपेन्द्र यादव पराजय हुनु र महन्थ ठाकुर निर्वाचन जिते पनि लोसपाले थ्रेसहोल्ड नकटाउनुले दुबै दलको हैसियत समान पारिदिएको छ ।