सत्ता गठबन्धन कायम राख्ने भन्दै संयुक्त वक्तव्य जारी गर्दै दलहरु – Nepal Press

सत्ता गठबन्धन कायम राख्ने भन्दै संयुक्त वक्तव्य जारी गर्दै दलहरु

काठमाडौं । सत्ता गठबन्धनलाई कायम राख्ने सहमति भएको छ । भर्खरै सम्पन्न निर्वाचनपछि पहिलोपटक बसेको गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवासमा बसेको बैठकमा सहभागी एक नेताका अनुसार गठबन्धनलाई कायमै राखेर अघि बढ्ने भनेर संयुक्त विज्ञप्ति जारी गर्न लागिएको छ ।

यसअघि नेकपा माओवादी केन्द्रले आगामी सरकार गठनका लागि एमालेसँग पनि सहकार्य हुनसक्ने अभिव्यक्ति दिएपछि गठबन्धनमा तरंग पैदा भएको थियो । त्यस अनुमानविपरीत आजको बैठकले गठबन्धनलाई एक बनाई अगाडि बढ्ने निर्णय गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर