१२ पास र २० वर्षपछि बिहे गर्ने छोरीलाई ५० हजार – Nepal Press

१२ पास र २० वर्षपछि बिहे गर्ने छोरीलाई ५० हजार

सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले १२ पास गरेर २० वर्षपछि बिहे गर्ने छोरीलाई ५० हजार रुपैयाँ दिने भएको छ ।

बाल विवाह अन्त्य र उच्च शिक्षामा छोरीको पहुँच वृद्धि अभियानअन्तर्गत गाउँपालिकाले यस्तो कार्यक्रम अघि ल्याएको हो ।

गाउँपालिका अध्यक्ष राजकुमार महतोले चन्द्रनगर- २ दोनवारी टोलका कक्षा १२ पास गरी २० वर्षपारि विवाह गर्ने एकजनालाई ५० हजार रुपैयाँ हस्तान्तरण गरेर उक्त अभियान थालनी गरेका हुन् ।

स्नातक अध्ययन गर्ने छोरीलाई प्रोत्साहनस्वरुप एकमुष्ट ११ हजार अनुदान सहयोग गर्ने र २० वर्ष कटिसकेपछि मात्रै विवाह गर्न प्रोत्साहित गर्ने योजना पालिकाले अघि सारेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *