सनराइज र लक्ष्मी बैंकका सेयरधनीको हात खाली
नेपाल प्रेस
२०७९ मंसिर २६ गते ११:३३
काठमाडौं । सनराइज र लक्ष्मी बैंकले यो पटक आफ्ना सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ ।
सनराइज र लक्ष्मी बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले लाभांश नदिने निर्णय गरेको हो । सनराइजले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट कुनै पनि लाभांश वितरण गर्ने छैन । सनराइजले अघिल्लो आर्थिक वर्षमा भने यस बैंकले ६.६५ प्रतिशत बोनस सेयर र ०.३५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
यता लक्ष्मी बैंकले गत आर्थिक वर्षको सम्पूर्ण आम्दानी ‘रिटेन अर्निङ’ मा राख्ने निर्णय गरेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर