अमेरिका पुगेकी गायिका आस्था राउतलाई अध्यागमनले पठायो विमानस्थलबाटै नेपाल फिर्ता – Nepal Press

अमेरिका पुगेकी गायिका आस्था राउतलाई अध्यागमनले पठायो विमानस्थलबाटै नेपाल फिर्ता

काठमाडौं । सांगीतिक कार्यक्रम गर्न अमेरिका पुगेकी गायिका आस्था राउतलाई अमेरिकी अध्यागमनले विमानस्थलबाटै नेपाल फिर्ता पठाएको छ ।

पर्यटक भिसामा अमेरिका पुगेकी राउत सांगीतिक कार्यक्रममा सहभागी हुने भएपछि अध्यागमनले उनलाई विमानस्थलबाटै नेपाल फिर्ता पठाएको हो ।

अमेरिकाको ल्यानक्यास्टरमा आयोजना हुन गईरहेको युनाईटेड होम केयर सर्भिस एल.एल.सी द्वारा आयोजित ‘न्यु एयर म्युजिकल नाईट २०२३’ मा सहभागी हुन नपाएपछि आस्थाले निराशा व्यक्त गर्दै आफ्नो सामाजिक सञ्जालमा स्टाट्स लेखेकी छन् ।

उनले स्टाट्समा अमेरिकाबाट फर्काइनुको ठोस कारण भने खुलाएकी छैनन् । प्राविधिक समस्याको कारण उक्त समारोहमा उपस्थित हुन नसकेकोमा उनको दाबी छ । उनले स्टाट्समार्फत नै आयोजक वर्गमा पर्न गएको असुविधा प्रति चिन्ता प्रकट गरेकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *