ट्राफिक नियम उल्लंघन गर्ने ४५६ जनालाई कारबाही – Nepal Press

ट्राफिक नियम उल्लंघन गर्ने ४५६ जनालाई कारबाही

काठमाडौ । ट्राफिक नियम उल्लंघन गर्ने ४५६ जना कारबाहीमा पर्दा सरकारले साढे तीन लाख राजस्व उठाएको छ । मंसिर महिनामा मात्र ट्राफिक नियम उल्लंघन साढे चार सय जनालाई कारबाही गरिएको यातायत व्यवस्था विभागले जनाएको छ ।

नियम उल्लंघन गरेबापत १ सय १ वटा सवारी दर्ता किताब (ब्लुबुक), र ३५५ वटा लाइसेन्स नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएको सो ब्लुबुक र लाइसेन्स जरिवाना तिरेर सवारीधनीले फिर्ता लिएका थिए । सोही बापत राज्यको राजस्व आम्दानी साढे ३ लाख बढी भएको हो ।

यातायात व्यवस्था विभागले ट्राफिक नियमको पालना भए नभएको नियमित अनुगमन गर्ने व्यवस्था छ । सोहीअनुसार मंसिर महिनाको अनुगमनबाट मात्र ३ लाख ४८ हजार ७ सय ५० रुपैयाँ ट्राफिक नियम उल्लंघन गर्नेबाट जरिवाना उठाएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *