शंखरत्न पत्रकारिता पुरस्कारबाट बिष्ट सम्मानित – Nepal Press

शंखरत्न पत्रकारिता पुरस्कारबाट बिष्ट सम्मानित

संखुवासभा । नेपाल पत्रकार महासंघ संखुवासभाका संस्थापक सदस्य गंगा विष्ट पुरस्कृत भएका छन् । उनलाई नेपाल पत्रकार महासंघ संखुवासभाको ११ औँ साधारणसभाको अवसरमा शंखरत्न पत्रकारिता पुरस्कारबाट सम्मान गरेको हो ।

साढे २ दशकदेखि पत्रकारितामा संलग्न विष्टलाई त्रिरत्न सञ्चार गृह प्रालिले स्थापना गरेको ११ हजार १११ रुपैयाँ नगद र सम्मानपत्रले पुरस्कृत गरिएको महासङ्घका अध्यक्ष ईन्द्र गिरीले जानकारी दिए । उनका अनुसार शंखरत्न पत्रकारिता पुरस्कार यसै वर्ष स्थापना गरिएको हो ।

संखुवासभामा बसेर सक्रिय पत्रकारिता गरिरहेकाहरुलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ त्रिरत्नले एक लाख ११ हजार १११ रुपैयाँको कोष स्थापना गरिएको त्रिरत्न सञ्चार गृहकी अध्यक्ष जेनी शाक्यले बताइन् ।

महासंघको साधारणसभामा उक्त रकमको व्याजबाट प्रत्येक वर्ष एक जना सक्रिय पत्रकारलाई ११ हजार १११ रुपैयाँ नगद र प्रमाणपत्रले सम्मान गरिने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *