राष्ट्रपतिका विषयमा कांग्रेस कसैसँग सम्झौता गर्न सक्दैन : उपसभापति खड्का
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पुर्णबहादुर खड्काले राष्ट्रपतिका विषयमा नेपाली कांग्रेस कसैसँग सम्झौता नगर्ने र गर्न नहुने बताएका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै उपसभापति खड्काले राष्ट्रपतिका विषयमा भइरहेका चर्चाले गम्भीर बनाएको उल्लेख गरेका छन् ।
खड्काले देश, जनता र संविधानसभाले बनाएको संविधानप्रति दिल दिमागदेखि पूर्ण रुपमा प्रतिबद्ध व्यक्ति मात्र राष्ट्रपति बन्न सक्ने उल्लेख गरेका छन् ।
केही दिन यता नयाँ राष्ट्रपतिका विषय विभिन्न व्यक्तिले दौडधुप बढाइरहेका समाचारहरु बाहिर आइरहेका छन् ।
राष्ट्रपति काे बन्ने भन्ने चर्चाले गम्भिर बनायाे ?
मेराे प्रष्ट धारणा छ;- राष्ट्रपति- देश,जनता र संबिधानसभाले बनाएकाे संविधान प्रति दिल-दिमाग देखि पूर्ण रुपमा प्रतिबद्ध भएकाे ब्यक्ति बन्नु पर्छ याे कुरामा नेपाली काँग्रेस पार्टी कसै संग सम्झाैता गर्न सक्तैन, गर्नु हुदैन🌳💐 pic.twitter.com/oaBJ76Bb31— Purna Bahadur Khadka (@NCPurnaKhadka) December 17, 2022