बलात्कारबारे सोविता गौतमको फरक दृष्टिकोणः तीन वर्षअघिको अन्तर्वार्ताले निम्त्यायो बहस
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौंको क्षेत्र नम्बर २ मा विजयी बनेकी युवा नेतृ सोविता गौतम आफ्नो पुरानो अभिव्यक्तिलाई लिएर चर्चामा आएकी छन् । उनले तीन वर्षअगाडि दिएको एउटा अन्तरवार्ता अचानक सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।
नेक्स्ट रिभोलुसन नामक युट्युव च्यानलबाट सन् २०१८ मा यो अन्तरवार्ता प्रशारण भएको थियो । अन्तरवार्तामा सोविताले महिलामाथि हुने ‘बलात्कार’ का सम्वन्धमा फरक खालको दृष्टिकोण राखेकी छन्, जसमाथि अहिले तीव्र वहस सुरु भएको छ । कतिले उनको भनाइलाई यथार्थपरक भनेर समर्थन गरेका छन् भने कतिले असंवेदनशील भनेर आलोचना पनि गरिरहेका छन् ।
स्मरणीय छ कि यो अन्तरवार्ता दिने बेला सोविता राजनीतिमा थिइनन् । उनी नेपाल टेलिभिजनमा कार्यक्रम सञ्चालन गर्थिन् । एउटा मोटिभेसनल स्पिकर र ट्रेनरका हैसियतमा उनलाई बुटबलमा यो अन्तरवार्ता लिइएको थियो । अन्तरवार्ताकारले महिलामाथि हुने यौन हिंसाका विषयमा सोधेका थिए । सोविताले आम महिलावादीभन्दा भिन्न र अनपेक्षित जवाफ दिएकी छन् ।
अन्तरवार्तामा सोविताले बलात्कारलाई समाज र मिडियाले अनावश्यक ग्लोरिफाइ गरेको तर्क गरेकी छन् । यदि बलात्कारबाट महिलाको शरीरमा कुनै हानि नोक्सानी पुगेको छैन भने यसलाई धेरै ठूलो रुपमा लिन नहुने उनको भनाइ छ । बलात्कृत महिलालाई विचरा ठान्ने वा छिछी दुरदुर गर्ने प्रवृत्ति समस्याको कारक बनेको उनी बताउँछिन् ।
अहिले सोविताको अन्तरवार्ताबाट साना अंशहरु काटेर सामाजिक सञ्जालमा भाइरल बनाइएको छ, जसले गर्दा बलात्कारका सम्वन्धमा उनको समग्र दृष्टिकोण नबुझीकन पनि कमेन्टहरु गरिएका छन् । यसर्थ हामीले उनले बोलेका कुराहरु जस्ताको तस्तै पाठक समक्ष पेश गरेका छौं ।
महिला अधिकार होइन, महिला सशक्तीकरण
म महिला अधिकारको कुराभन्दा पनि महिला सशक्तीकरणको कुरामा जोड दिने गर्छु । एउटा महिलाका रुपमा मसँग त्यति नै अधिकार छ जति कुनै पुरुषसँग । नेपालको कानूनले र संविधानले सबैलाई उत्तिकै अधिकार दिएको छ । र, मैले आफ्नो अधिकार कसैलाई पनि राख्न दिएको छैन । म एउटा स्वतन्त्र नागरिक हुँ । त्यसैले म आफैं स्वतन्त्र छु र के गर्ने, के नगर्ने भन्ने ममा निर्भर छ ।
मैले गर्ने भनेको महिला शशक्तीकरण हो । हामी आफैंभित्र कमजोर भयौं । कहिले पनि महिलाले म बलियो छु र कसैको सहाराबिना बाँच्न सक्छु भन्ने कहिल्यै फिल गर्न सकेनौे. । त्यो कारणले गर्दा पछाडि छौं जस्तो लाग्छ ।
बलात्कारमाथिको भाष्य गलत
यो ‘बलात्कार’ भन्ने शब्दलाई मैले ब्याख्या गरेँ भने कति दर्शकबाट नराम्रो कमेन्ट पनि आउन सक्छ । तर, मलाई के लाग्छ भने बलात्कार भनेको भावनासँग जोडिएको विषय हो । त्यो भएको कारणले गर्दा यहाँ एकदमै ठूलो ‘ग्लोरिफाइ’ गरिन्छ ।
बलात्कार एक–दुईवटामा केस मात्रै ‘एक्सिडेन्टली’ हुन्छन् । झ्याप्प केटी देख्यो, समायो । त्यो एकदम दुर्लभ केस हुन्छ । नत्र सिलसिलावद्ध घटना भएको पाइन्छ । पहिलो चरणमा केटी जिस्काउने हुन्छ । ‘ए मैया के छ’ भनेर जिस्काउनेदेखि लिएर फलो गर्ने हुन सक्छ । तर, नेपाली समाजमा के हुन्छ भने हामी महिला पहिलो इन्सिडेन्ट सुरु हुँदा नै रोक्न खोज्दैनौं । बुवाआमा र समाजले पनि रोक्न खोज्दैन । यस्तै हो, वास्तै नगर भनेर छोडिन्छ ।
हामी महिलाले त्यो प्वाइन्टमा नै स्टप गराउन सक्नुपर्छ । किन जिस्कायो त ? मलाई जिस्काउनु नै दुव्यवहार हो भनेर बुझ्नुपर्छ । महिलालाई दुव्र्यवहार गर्ने अधिकार कसैलाई पनि छैन । त्यो प्वाइन्टमा स्टप हुन सक्नुपर्छ ।
बलात्कारले जीवन सकिँदैन
मानौ, कसैमाथि बलात्कार भयो । अब त्यसलाई के गर्ने भन्ने कुराहरु आउँछन् । पुनस्र्थापनाको कुरा आउँछ । बलात्कार भएपछि एक त त्यो पिडित स्वयम्ले म बलात्कृत भएँ र मेरो जीवन सकियो भन्ने सोच्न थाल्छिन् । अर्को कुरा, समाजले पनि ‘बिचरा त्यो बलात्कृत भइ, अब त्यसलाई कसले बिहे गर्छ, त्यसको लाइफ सकियो’ भन्ने दृष्टिकोण बनाउँछ ।
तर म चाहीँ के भन्छु भने यदि त्यो बलात्कृत महिलाको शरीरमा कुनै हानी–नोक्सानी भएको छैन भने बलात्कृत हुनु र उसलाई कसैले झापट लगाउनुमा केही फरक छैन । बलात्कृत हुनु पनि एउटा घटना थियो, झापड हान्नु पनि एउटा घटना हो । दुवै महिला हिंसा अन्तरगत पर्ने कुरा हुन् । बलात्कृत भयो, तर शरीरमा कुनै हानी–नोक्सानी छैन, दिर्घकालीन असर छैन भने उनी सजिलै ‘मुभ अन’ हुन सक्नुपर्छ । उनले जिन्दगीमा जे पनि गर्नसक्छिन् । तर, हामी समाजमा उ कामै नलाग्ने भइ, उसको जिन्दगी सकियो जसरी ट्रिट गर्छौं । त्यसैेले हामीले कन्सेप्ट पनि बदल्नुपर्ने अवस्था छ । बलात्कृत भन्नेवित्तिकै छिछी दुरदुर गर्नुपर्ने पनि हुँदैन, विचरा भन्नुपर्ने पनि अवस्था पनि हुँदैन ।
बलात्कृत भएको र कसैले हातखुट्टा भाँचिदिएकोलाई तुलना गरेर हेरौं न । बलात्कार मात्रै एकदमै ठूलो जघन्य अपराध, अनि कसैले हातखुट्टा काटिदियो भने मामुली अपराध हो त ? बलात्कार भन्नासाथ बढी फोकस गरेर समाचारपत्रमा यत्रो ठूलो हेडलाइन राख्ने गरिन्छ । बलात्कार भन्ने शब्दलाई एकदमै ठूलो खत्रा शब्द मान्न थालिसक्यौं के हामीले । अलिकति जनरलाइज गरेर सामान्य हो भनेर ट्रिट गर्यौं भने पुनस्र्थापना हुन सजिलो होला जस्तो लाग्छ ।
यदि उसको शरीरमा कुनै पनि हानी–नोक्सानी भएको छैन भने बलात्कार धेरै ठूलो कुरा होइन । म आफ्नै उदाहरण दिन चाहन्छ । एउटा सिनारियो, मानौं मलाई कसैले बलात्कार गर्यो । अर्को सिनारियो कसैले मेरो दुवै खुट्टा काटिदियो । म बलात्कृत महिला धेरै बिचरा कि खुट्टा काटेको धेरै विचरा ? यसरी तुलना गरेर हेर्दा त खुट्टा काटेको चाहीँ धेरै विचरा होइन र ? किनभने मलाई यसले जीवनभरी अशक्त बनाउँछ । तर बलात्कृत भएको महिला पुनस्र्थापना हुन कुनै गाह्रो छैन, यदि शरीरमा कुनै पनि हानी नोक्सानी हुँदैन र त्यसले दिर्घकालीन असर केही पार्दैन भने ।
खाली समाजले यसलाई यत्रो ठूलो बनाइदियो, ग्लोरिफाइ गरिदियो यसकै नाममा डलरहरु ल्याउने काम भयो । समाजमा बलात्कार भन्नेवित्तिकै ग्लोरिफाइ गरिदिएको कारणले महिलाहरु बढी भावुक भएको जस्तो लाग्छ ।
फाँसी समाधान होइन
फाँसी भनेको मान्छेको जिन्दगी सकिने कुरा हो । फाँसी दिँदै गर्दा त्यो व्यक्ति पूर्ण अपराधि हो कि होइन भन्ने कुरा निक्र्यौल गर्न सक्नुपर्छ । नेपालको सन्दर्भमा जहाँ पनि न्यायनिसाफ पूर्वाग्रही हुन सक्छ । आज त्यो दोषि हो भनेर विभिन्न न्यूज मिडियामा आइरहेको हुन्छ । भोलि त्यो होइन रे भनेर आइरहेको हुन्छ । यस्तो अवस्थामा कसैले फाँसीको सजाय पायो र यदि भोलि उ दोषि होइन रहेछ भने थाहा पाउँदा त्यो व्यक्तिको जिन्दगी त फर्काएर ल्याउन सकिँदैन ।
त्यो कारणले गर्दा फाँसी हुनु हुँदैन भन्ने एउटा तर्क हो । अर्को तर्क, हरेक व्यक्तिलाई स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार हुन्छ । जन्म भनेको प्रकृतिले दिएको कुरा हो । कसैको जीवन अरु कसैले सिध्याउन पाउनुहुँदैन भन्ने कुरा हो । जन्मिसकेपछि उसलाई कसैले पनि मार्न सक्दैन, प्रकृतिले नै मार्नुपर्छ । यो प्रकृतिको सिद्धान्त नै हो ।
यो हिसाबले हेर्दा फाँसीको सजाय उपयुक्त होइन । कसैले फाँसीको सजाय पायो भने उसको परिवारले पनि प्रतिशोध लिने सोच्छ । मेरो परिवारको सदस्यमाथि फाँसी भयो भने उसलाई किन छोड्ने भन्ने हुन्छ । यसरी प्रतिसोधमाथि प्रतिशोध थपिँदै जान्छ । त्यसैले बलात्कार हुनेवित्तिकै त्यससाई फाँसी नै दिनुपर्छ भन्ने छैन ।
अपराधमा नियत हेर्नुपर्छ
म कानूनको विद्यार्थी हो । कानूनको सिद्धान्तमा कुनै पनि अपराध नियतवश वा नियतबिना हो भन्ने हेर्नुपर्छ । नाबालिग र बृद्धा बलात्कृत भएका समाचारहरु आइरहेका हुन्छन् । मानसिकरुपमा स्वस्थ मान्छेले यस्तो गर्न सक्छ त ? नाबालिग वा बृद्धा बलात्कार गर्ने मान्छेको मानसिक स्थिति नै गुमेको हो कि जस्तो लाग्छ ।
नियतकै हिसाबले हेर्दाखेरि त कोही राम्री केटीलाई बलात्कार गर्नु नियतवश हुन सक्छ । तर यत्रो सानो दुधे बालिकालाई वा ८० वर्षको वृद्धालाई बालात्कर गर्नेलाई के भन्ने ? मानसिक अवस्था नै खराब हो जस्तो लाग्छ । त्यो हिसाबले हेर्दा फाँसी होइन, उसलाई सुधारगृह पठाउनुपर्छ । मानसिक अवस्थाको हकमा सचेतना कार्यक्रम सञ्चालन गुर्नपर्ने देखिन्छ ।
जति पनि समाजमा बलात्कार र यौन दुव्र्यवहार भएका छन्, बहिरका व्यक्तिले भन्दा पनि आफ्नै घरवरिपरिका व्यक्तिबा भएका कुराहरु धेरै आइरहेका छन् । त्यो हेर्दा हामी नजिककै मान्छेले हामीलाई युज गरिरहेको छ । उसलाई त्यही प्वाइन्टमा स्टप गर्नुपर्छ जुन प्वाइन्टमा सुरु हुन्छ । तर हामी महिलाहरु डराउँछौं । बालिकाहरु ‘बाबा, हामी स्कुलमा सरले दुव्र्यवहार गर्नुहुन्छ’ भन्न डराउँछन् । यसले दुव्र्यवहार गर्नेको मनोबल झन् बढ्छ ।
यस्तो घटना रहेक घरमा छ । त्यसैले अब हरेक बुवाआमाले ‘छोरी, तिमीलाई स्कुलमा, कलेजमा, अफिसमा वा घरमा कसैले दुव्र्यवहार गरेको छ ? भनेर सोधिदिनुहोला ।
कानुनको विद्यार्थी हुँ भन्दैमा सतही तर्क दिएर उम्किन कसैले पनि मिल्दैन । कुनैपनि घट्ना पछि जीवन नै सकियो भनेक सोच्नु हुँदैन भन्नु ठिकै हो तर बलात्कारमा शारिरिक चोट छैन भने त्यो केही होइन भन्ने जस्तो कूतर्कले भरिएको सतही टिप्पणीले नै उनि र उनको वैचारिक तह कति सतही छ भन्ने छर्लङ्ग पार्दछ ।
आत्मामा लागेको चोटको तुलना उनि शारिरिक चोटसँग गर्दैछिन् । शायद उनले बलात्कारको अर्थ नै नबुझेकी रहेछिन । उनलाई सिवाय कठै, अरू त ख्वै के भन्नु र..???