चक्कु प्रहार गरी हत्या गरेको आरोपमा ७ जना पक्राउ – Nepal Press

चक्कु प्रहार गरी हत्या गरेको आरोपमा ७ जना पक्राउ

बुटवल । बुटवलमा एक जना पुरुषको हत्या गरेको आरोपमा सात जना पक्राउ परेका छन् । चोरेको बदाम र चकलेट फिर्ता माग्दा एक भारतीय नागरिकको हत्या गरिएको हो ।

बुटवल उपमहानगरपालिका–९ बस्ने भारत घर भएका ५५ वर्षीय अजय सोनीको धारिलो हतियार चक्कु प्रहार गरी हत्या भएकोमा शुक्रवार साँझ प्रहरीले हत्या आरोपमा सात जनालाई पक्राउ गरेको छ

उनको हत्या गरेको आरोपमा प्रहरीले बुटवल-८ राजमार्ग चौराहमा मागी खाइ हिँड्ने २९ वर्षीय कृष्ण सिजाली मगर लगायत सात जनालाई पक्राउ गरेको हो ।

आफ्नो ठेलामा रहेको बदाम र चकलेट उनीहरूले चोरी गरी लगेको भन्दै सामान फिर्ता माग्न जाँदा अजयलाई चक्कु प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।

उक्त खबर पाएपछि वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले घाइतेलाई उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाएको थियो । त्यहीँ उपचारको क्रममा मृत्यु भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर