द ब्रिटिस कलेजको ‘दोस्रो दीक्षान्त समारोह २०२२’ सम्पन्न – Nepal Press

द ब्रिटिस कलेजको ‘दोस्रो दीक्षान्त समारोह २०२२’ सम्पन्न

काठमाडौं । द ब्रिटिस कलेजको ‘दोस्रो दीक्षान्त समारोह २०२२’ सम्पन्न भएको छ । दोस्रो दीक्षान्त कार्यक्रममा लिड्स बेकेक्ट युनिभर्सिटीबाट उत्तीर्ण एमएससी आइटीका विद्यार्थीहरू र द युनिभर्सिटी अफ द वेस्ट अफ इंग्ल्याण्डबाट उत्तीर्ण विद्यार्थीहरू दीक्षित भएका छन् ।

द ब्रिटिस कलेजका कार्यकारी निर्देशक महेन्द्रराज कँडेलले पानसमा दियो बालेर दीक्षान्त समारोहको उद्घाटन गरेका थिए ।

कार्यक्रममा औद्योगिक सल्लाहकार बोर्डका सदस्यहरू वीरेन्द्रराज पाण्डे र प्रचण्डमान श्रेष्ठ उपस्थित रहेका थिए । ब्रिटिस कलेजकी प्रिन्सिपल मेरी विसप र कलेज अफ विजनेश एण्ड लकी इन्टरनेशनल पार्टनर सिप प्रमुख प्याट्रिसिया भोइडेनले भिडियो सन्देश पठाएका थिए ।

त्यस्तै बीबीएबाट दीक्षित भएका नीरज प्रताप शाह, एमएसई आइटीबाट दीक्षित भएका तरुण खत्रीले आफ्नो मन्तव्य राखेका थिए ।

द ब्रिटिस कलेजका एसोसियट डिन अरुण जोशीले भने, ‘विद्यार्थीहरूलाई आज यो दीक्षान्त समारोहमा देख्न पाउँदा कलेजले अध्ययन अध्यापनमा गरेको मेहनतलाई सम्झन चाहन्छु । यो सफलताले पनि देखाउँछ कि कलेजले प्रदान गर्ने शैक्षिक गुणस्तर कत्तिको उत्कृष्ट छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर