प्रदेश १ राजधानीको जग्गा प्राप्तिका लागि गठित समितिले बुझायो प्रतिवेदन – Nepal Press

प्रदेश १ राजधानीको जग्गा प्राप्तिका लागि गठित समितिले बुझायो प्रतिवेदन

विराटनगर । प्रदेश नं. १ को राजधानीका लागि प्रशासनिक संरचनाहरू बनाउन जग्गा व्यवस्थापनका लागि गठित समितिले प्रतिवेदन बुझाएको छ ।

जग्गा व्यवस्थापन समितिका संयोजक आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले मुख्यमन्त्री राजेन्द्रकुमार राईसमक्ष प्रतिवेदन बुझाएका हुन् ।

गत वर्षको माघ १६ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश नं. १ राजधानीका लागि प्रशासनिक संरचनाहरू बनाउन जग्गा व्यवस्थापन गर्न भनेर आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।

उक्त कार्यदलले यस अवधीमा सार्वजनिक सूचना प्रकाशित गरी आवश्यक जग्गाको माग गरेको थियो । सो अनुरुप विभिन्न स्थानबाट जग्गा दिने प्रतिवद्धता प्राप्त भएको कार्यदलका संयोजक एवं आन्तरिक मामिला तथा कानून मन्त्री कार्कीले बताए ।

मन्त्री कार्कीको संयोजकत्वमा गठित कार्यदलमा विराटनगर, कटहरी, ग्रामथान, बूूढीगंगा, दुहवी, इटहरी र सुन्दरहरैंचा नगरपालिकाहरूका प्रमुखहरू सदस्य रहेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर