‘गोट’ को हातमा ट्रफी ! अभूतपूर्व विश्वकप फाइनलको साक्षी बन्दा…
मेस्सीले उपाधि जिते, एम्बापेले जिते मन र गोल्डेन बुट
काठमाडौं । नेपाली समयअनुसार आइतबार राति पौने ९ देखि करिब साढे ११ बजेसम्म संसारभरका करिब डेढ अर्ब मानिसले काँचको पर्दामा जे हेरे, त्यो फगत ‘फुटबल’ थिएन । तथापि त्यो फुटबल नै थियो ।
सृष्टिकर्ता ब्रम्हाले यो ब्रम्हाण्डको रचना गर्दा सायदै कल्पना गरेका थिए, कि करिब आधा किलोको एउटा गोलाकार वस्तुले संसारभरका मानिसलाई एकसाथ आलसतालस पार्नेछ । तर, ब्रम्हाजी स्वयम् भेष बदलेर (दाह्रीसारी खौरिएर अर्जेन्टिनाको जर्सी लगाएका ब्रम्हाजी कस्ता देखिएलान् ?) पृथ्वीलोकमा ओर्लिकन हिजोको म्याच दृष्टिगोचर गरेको भए सायद उनी पनि एकछिन आलसतालस पर्न सक्थे । म्याचपछि मिडियालाई ‘बाइट’ दिँदै भन्ने थिए होलान्, ‘यो गोलाकार सुक्ष्मपिण्डले मकन मन जितिगयो । अब म मर्त्यलोक गइकन देवता र दैत्यबीच एउटा ‘स्वर्गकप फुटबल’ को आयोजना गर्न्या छु ।’
खैर, अब यथार्थको धरातलमा ओर्लिउँ । फुटबल पारखीहरूका लागि हिजोको विश्वकप फाइनल वास्तवमा एउटा ‘लाइफटाइम एड्भेञ्चर’ भन्दा कम भएन, खासकन मेस्सीका ‘पंखा’ हरूका निम्ति । खेलको उत्तरार्द्धमा आफ्नो मुटु-कलेजो शरीरबाट फुत्त बाहिर निस्किएर छरपस्ट नबनेकोमा सन्तोष मानिरहेका होलान्, मेसीका डाइ हार्ड फ्यानहरू (म पनि एक) । यति रोमाञ्चकारी वर्ल्डकप फाइनल इतिहासमा सायदै भएको थियो, जसका हामी साक्षी भएम् ।
मैले फुटबल हेर्न थालेको १९९८ देखि हो । अहिलेसम्मका कुनै पनि फाइनलमा यो स्तरको रोमाञ्चकताको अनुभव भएको थिएन । यति धेरै लगाव दिएर कुनै टीमलाई समर्थन गरिएको पनि थिएन । पहिलोपटक विश्वकपमा एउटा टीमको समर्थनमा दह्रोसँग चिच्याइयो । मेरो त्यही चिच्याई र कडा पक्षधरताले पनि अर्जेन्टिनाका खेलाडीमा नैतिक बल मिलेको हुन सक्छ भन्ने आत्मरतिमा छु अहिले !
मेस्सीसँग रोनाल्डोको जस्तो हाइटको एड्भान्टेज छैन । रोनाल्डोजस्तो आफैंले गोल हान्नुपर्छ भन्ने मान्यताका साथ उनी विपक्षी पोस्ट वरिपरी बल ढुकेर बस्दैनन् । उनी अरु खेलाडीका लागि अवसर सिर्जना गरिदिन्छन् । आफैंले निश्चित गोल गर्न सक्ने अवस्थामा पनि उनले टिममेटलाई पास दिएका उदाहरण क्लब फुटबलमा थुप्रै छन् ।
त्यसो त फाइनल खेलको आधाभन्दा बढी हिस्सा एकपक्षीय थियो । पहिलो हाफमा अर्जेन्टिना पूर्णरूपमा खेलमा हाबी भइरहँदा फ्रान्सेली खेलाडीहरू बलको खोजीमा अन्धाधुन्द भौतारिए झैं देखिन्थे । दोस्रो हाफमा पनि ३० मिनेटसम्म उस्तै अवस्था । यस्तो प्रतीत हुन्थ्यो कि मानौं फ्रान्सले मेस्सीलाई उपाधि सुम्पिने निधो गरिसकेको छ र खेलाडीहरू औपचारिकताका लागि मात्रै मैदानमा ‘इदरउदर’ कुदिरहेका छन् ।
अर्जेन्टिनाले फ्रान्सको गोलपोस्ट ताकेर एक दर्जन चार्ज गरिसक्दा फ्रान्सको तर्फबाट चार्ज शून्य थियो । अर्जेन्टिनाका गोलकिपर मानौं गोलपोस्ट छोडेर एकछिन चिया-चुरोट खाएर फर्किएको भए पनि सायद केही बिग्रिनेवाला थिएन । खेल सकिन १० मिनेटमात्र बाँकी छँदासम्म अर्जेन्टिनाले २-० को आरामदायी अग्रता लिइरहँदा यसपालिको विश्वकप फाइनल निरस भयो भन्ने निष्कर्षमा पुगिसकेका थिएम् हामी । मसँगै फुटबल हेरिरहेको एकजना साथी त धेरैपटक उँघिसकेको थियो ।
तर, खेलको उत्तरार्द्धमा आएर किलियन एम्बाप्पेले डरलाग्दो ढंगले फ्रान्सलाई कमब्याक गराए । उनले ८० औं मिनेटमा पेनाल्टीमार्फत् गोल गरेपछि अर्जेन्टिनी समर्थकको मुटुमा ढ्याङ्ग्रो ठोकियो । अनि, त्यसको ९० सेकेन्डपछि उनै एम्बाप्पेले आफ्नो शक्ति देखाउँदै दोस्रोपटक बललाई जाली चुमाए । उनको दोस्रो गोल बन्दुकबाट निस्किएको गोलीभन्दा कम्ति शक्तिशाली थिएन ।
यसरी डेढ मिनेटको अन्तरालमा फ्रान्सले दुई गोल दागेपछि खेलमा जबरजस्त ट्वीस्ट आइगयो । त्यतिञ्जेलसम्म निस्प्रभावी देखिएका र सामाजिक सञ्जालमा ट्रोल हुन थालिसकेका एम्बापे एकाएक खतरनाक अवतारमा प्रकट भए । उनको खुट्टामा बल पर्यो कि डर लाग्न थाल्यो । फ्रान्सेली टीमको मनोबल बढ्यो भने अर्जेन्टिनी खेलाडीहरू आत्तिन थाले ।
९० मिनेटको खेल बराबरीमा सकियो र त्यसपछि थपिएको अतिरिक्त ३० मिनेट कुनै हरर फिल्मभन्दा कम भएन । १०८ औं मिनेटमा प्यारा मेस्सीले ‘गैरपेनाल्टी’ बललाई जाली चुमाए । ‘अब चाहिँ जितियो’ भन्दै अर्जेन्टिनी समर्थक खुशीमा झुमे । (म पनि एकछिन छोरासँग कोठाभित्रै उफ्रिएँ) । तर, खेलमा अर्को ट्वीस्ट बाँकी नै थियो । फ्रान्सले दोस्रोपटक पेनाल्टी पायो । उनै एम्बापेले हाने । उनको खुट्टाबाट तेस्रोपटक बल अर्जेन्टिनाको जालीमा छिर्यो । तर, ह्याट्रिक गोल गर्दा पनि टीमलाई जिताउन नसक्ने अभागीमा दरिए उनी । टाइब्रेकरमा सहित उनले ४ गोल गरे, तर पनि निराश बने ।
म फुटबलमा ‘पेनाल्टी प्रथा’ आलोचक हुँ । पेनाल्टीले वास्तवमा फुटबललाई न्याय गर्छ जस्तो लाग्दैन । पेनाल्टीमा गोल छिराएर सेलिब्रेसन गरेको त झन् फिटिक्कै मन पर्दैन । यो एकप्रकारले भन्नुपर्दा ‘फ्रि गोल’ हो । डि-बक्सभित्र जान-अञ्जानमा भएको सानोतिनो गल्तीमा पनि पेनाल्टी दिने गरिन्छ, जुन प्रायः विवादित हुन्छन् । खेलले भन्दा झेलले जित्ने, उत्कृष्टता भन्दा भाग्य प्रधान हुने मनोभावनालाई पेनाल्टीले प्रश्रय दिए झैं लाग्छ ।
(म यसै लेखमार्फत फिफाको ध्यानाकर्षण गराउन चाहन्छु कि फुटबलमा पेनाल्टी र टाइब्रेकरको नियम संसोधन गरियोस । तर मेरो कुरा फिफासम्म कसले पुर्याइदेला र ? फेरि म कहाँको फुटबलविज्ञ हुम् र ?)
खैर । मैले आज स्वीकार्नैपर्छ कि एम्बाप्पे हिजो मेस्सीभन्दा खतरनाक देखिए । मलाई लाग्छ हिजोको खेलमार्फत किलियन एम्बाप्पेका संसारभर मिलियन फ्यानहरू थपिए । आज उनको दिन हो कि भन्ने भएको थियो । तर, अहिल्यै उनलाई मेस्सीसँग दाँजिहाल्नु चाहीँ उचित नहोला । उनीसँग गति छ, शक्ति छ, कला छ र पनि मेस्सीको जस्तो जादू चाहीँ छैन । एम्बाप्पेको उमेरमा मेस्सी सर्वोत्कृष्ट खेलाडीको रूपमा दरिइसकेका थिए । एम्बाप्पले अझै धेरै स्तरमा आफूलाई प्रुफ गर्न बाँकी छ । विश्वकपमा चाहीँ उनले अभूतपूर्व रेकर्ड बनाइरेहका छन् । भोलि गएर एम्बाप्पे रोनाल्डोसम्म बन्न सक्छन् । रोनाल्डोका फ्यान उनको शैली पनि रोनाल्डोसँग मिल्छ ।
अर्जेन्टिनाले फ्रान्सको गोलपोस्ट ताकेर एक दर्जन चार्ज गरिसक्दा फ्रान्सको तर्फबाट चार्ज शून्य थियो । अर्जेन्टिनाका गोलकिपर मानौं गोलपोस्ट छोडेर एकछिन चिया-चुरोट खाएर फर्किएको भए पनि सायद केही बिग्रिनेवाला थिएन । खेल सकिन १० मिनेटमात्र बाँकी छँदासम्म अर्जेन्टिनाले २-० को आरामदायी अग्रता लिइरहँदा यसपालिको विश्वकप फाइनल निरस भयो भन्ने निष्कर्षमा पुगिसकेका थिएम् हामी ।
फाइनल हारे पनि एम्बाप्पेमाथि न्याय भएको महसुस भएको छ । किनकी उनले सर्वाधिक गोल स्कोररका रूपमा गोल्डेन बुट जिते, जसका उनी हकदार थिए । उनको व्यक्तिगत योगदानको कदर भयो । टीमको हिसाबमा चाहीँ अर्जेन्टिना नै जितको हकदार थियो । कम्तीमा लियोनल मेस्सी एकपटक विश्वकप उपाधि डिजर्भ गर्थे । मेस्सीप्रतिको व्यक्तिगत सहानुभूतिले गर्दा नै हिजोको फाइनलमा संसारका अधिकतम मानिसहरूको समर्थन अर्जेन्टिनालाई थियो ।
नेपाल वर्ल्डकपमा थिएन र हिजो फाइनल खेलिरहेका दुई देशप्रति हाम्रो कुनै भावनात्मक सम्बन्ध पनि होइन । तर, पनि ती देशकै नागरिकको स्तरमा नर्भस बनेम् हामी । त्यसो त वर्ल्डकप सुरू भएदेखि नै सामाजिक सञ्जालमा नेपाली समर्थकहरूको चुरीफुरी यति धेरै थियो कि मानौं, हामी आफैं उपाधिका दाबेदार हुम् । हामीलाई वर्ल्डकप फाइनल खेलिरहेका देशका जनताको भन्दा कम्ता आतुरी थिएन । सायद ‘विश्व एक गाउँ’ भनेको यही होला ।
संसारभरमा जस्तै नेपालमा पनि अधिकतर फुटबलप्रेमीहरू मेस्सीले ट्रफी उचालेको हेर्न व्यग्र थिए । मेस्सीले नेपाल भन्ने देशलाई चिन्छन्-चिन्दैनन्, थाहा छैन । उनले वर्ल्डकप जितुन् भनेर नेपाली समर्थकले ग्रहशान्ति समेत गरिदिएको पनि उनलाई कसैले सुनाएको छैन होला । त्यही ग्रहशान्तिको बलले अर्जेन्टिनाको ‘लक लागेको’ गोप्य रहस्य युट्यूवबाट पुण्य गौतमले खुलासा गर्नै बाँकी छ ।
अँ, यतिबेला मेस्सीका आलोचकहरू पनि नेपालमा उपस्थिति नभएको होइन । उनीहरू इतिहासका विभिन्न प्रसंग कोट्याएर अर्जेन्टिनालाई नेपालीहरूले समर्थन गर्नु नहुने दलिल गरिरहेका थिए । तर, बुझ्नुपर्ने कुरा के हो खेलमा कुनै पनि टिम वा खेलाडीको समर्थन क्याल्कुलेटर थिचेर हिसाबकिताब निकालिकन गरिन्न । खेललाई युद्धसँग दाँज्नु पनि हुँदैन ।
खैर । विश्वकपको दिग्विजयपश्चात सर्वकालीन महान खेलाडी को हो भन्ने बहस सायद अन्त्य भयो । म यही आलेखमार्फत घोषणा गर्न चाहन्छु कि मेस्सी नै ‘गोट’ हुन् । पेले र म्याराडोनासँग समानान्तर लिजेन्डका रूपमा अब फुटबल जगतले मेस्सीलाई चिन्ने छ । त्यसो त विश्वकपअघि पनि मेस्सी सर्वश्रेष्ठ हुन् भन्नेमा आशंका थिएन । तर, गोलसंख्याको हिसाब निकालेर पोर्चुगिज स्टार रोनाल्डोलाई मेस्सीको समानान्तर ठान्ने गर्थे केही फुटबल पण्डितहरूले ।
मैले आज स्वीकार्नैपर्छ कि एम्बाप्पे हिजो मेस्सीभन्दा खतरनाक देखिए । मलाई लाग्छ हिजोको खेलमार्फत किलियन एम्बाप्पेका संसारभर मिलियन फ्यानहरू थपिए । आज उनको दिन हो कि भन्ने भएको थियो । तर, अहिल्यै उनलाई मेस्सीसँग दाँजिहाल्नु चाहीँ उचित नहोला । उनीसँग गति छ, शक्ति छ, कला छ र पनि मेस्सीको जस्तो जादू चाहीँ छैन ।
आज मैले यो भनिरहँदा रोनाल्डोलाई चोट पुग्न सक्छ (लोल), तर यथार्थ यही हो कि उनी मेस्सीको हाराहारी थिएनन् । रोनाल्डो शारीरिक उचाइमा मेस्सीभन्दा निकै अग्ला भए पनि प्रतिभामा मेस्सीको कुमसम्म मात्रै आउँछन् । रोनाल्डो एक गोल मेसिन हुन् । मेस्सी जादुगर हुन् । फरक यही हो । समकालीन खेलाडीमा मेस्सीपछि को सर्वोत्कृष्ट भन्नेमा चाहीँ पक्कै रोनाल्डोको नाम निर्विकल्प आउँछ ।
मेस्सी खेल कौशल मात्र होइन, व्यक्तिगत स्वभावले गर्दा पनि चरम लोकप्रिय छन् । उनलाई मानिसहरूले यतिविघ्न माया गर्नुको कारण उनको शालिनता र सौहार्द व्यवहार हो । उनी आम फुटबलरभन्दा धेरै अर्थमा भिन्न छन्, मैदानभित्र पनि र बाहिर पनि । फुटबलजस्तो आक्रामकताको खेलमा उनी सधैँ सौम्य र शान्त देखिन्छन् । हतपति संयम् गुमाउँदैनन् । अरु खेलाडीजस्तो फल पाउनका लागि मैदानमा भुक्लुक-भुक्लुक लड्ने र चोटको अभिनय गर्ने गरेको पाइँदैन । फाउल निकै कम खेलेको देखिन्छ उनले ।
मेस्सीसँग रोनाल्डोको जस्तो हाइटको एड्भान्टेज छैन । रोनाल्डोजस्तो आफैंले गोल हान्नुपर्छ भन्ने मान्यताका साथ उनी विपक्षी पोस्ट वरिपरी बल ढुकेर बस्दैनन् । उनी अरु खेलाडीका लागि अवसर सिर्जना गरिदिन्छन् । आफैंले निश्चित गोल गर्न सक्ने अवस्थामा पनि उनले टिममेटलाई पास दिएका उदाहरण क्लब फुटबलमा थुप्रै छन् ।
मेस्सीले आफ्नो अन्तिम विश्वकप खेले । अर्को विश्वकपमा उनी हुने छैनन् । ३५ वर्षको उमेरमा उनको करिअर सर्वोच्च बिन्दुमा पुगेको छ । सायद केही समयपछि सन्न्यास लेलान् । सायद मेस्सीबिनाका आगामी विश्वकपहरू यत्तिकै तन्मयका साथ नहेरिएला । वा हेरिएला । तर, यो विश्वकप चाहीँ सदा स्मरणीय रहने छ । बधाई मेस्सी ।
Chiran waah gajab story
But messi ra Ronald @ present both wonderful player
खेल दुवैको बेष्ट हो । हार्नेप्रति सहानुभूति राखिनु स्वाभाविकै हो ।