पूर्वपीएसओलाई देउवाको आशीर्वाद: बढुवामा एक नम्बर, सरुवामा ‘मालदार’ पर्सा इन्चार्ज
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका पूर्वपीएसओ कोमल शाहले प्रहरी उपरीक्षक (एसपी)को पहिलो रोजाइमा पर्ने पर्सा जिल्लाको जिम्मेवारी पाएका छन् ।
प्रहरी प्रधान कार्यालयले सोमबार निकालेको २३ जना एसपीको काजमा शाह पर्सा प्रहरी प्रमुखमा सरुवा भएका छन् । यसअघि उनी आफ्ना ब्याचीहरुको बढुवामा छलाङ मार्दै पहिलो नम्बरमा रहेर एसपी भएका थिए ।
पछिल्लो काज सरुवामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पूर्वपीएसओ नरेशराज सुवेदीले पनि बाजी मारेका छन् । उनी सर्लाही प्रहरी प्रमुखमा सरुवा भएका छन् । बढुवामा सुवेदीले पनि छलाङ मारेका थिए ।
सोमबार निकालिएको एसपी काज सरुवाबाट ८ जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् ।
थप याे पनिः नेपाल प्रहरीका २३ जना एसपीहरुको काज सरुवा, को कहाँ पुगे ? (सूचीसहित)