नर्भिकले ४० प्रतिशत लाभांश दिने – Nepal Press

नर्भिकले ४० प्रतिशत लाभांश दिने

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले ४० प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।

हस्पिटलको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट आफ्ना शेयर धनीलाई ४० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

नर्भिकले २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश दिनेछ । गत वर्ष नर्भिकले ५० प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

हाल अस्पतालको चुक्तापूँजी २२ करोड ५० लाख रुपैयाँ रहेको छ । यही चुक्तापूँजीको २० प्रतिशत अर्थात् ४ करोड ५० लाख रुपैयाँ बराबरको बोनस सेयर र अर्को २० प्रतिशत अर्थात् ४ करोड ५० लाख रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । लाभांश वितरणपछि अस्पतालको चुक्तापूँजी २७ करोड रुपैयाँ पुग्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *