चार्ल्स शोभराजलाई छाड्न अस्वीकार, सर्वोच्चको आदेश स्पष्ट नभएको जिकिर – Nepal Press

चार्ल्स शोभराजलाई छाड्न अस्वीकार, सर्वोच्चको आदेश स्पष्ट नभएको जिकिर

काठमाडौं । केन्द्रीय कारागारले बिकिनी किलरका रुपमा चिनिएका चार्ल्स सोभराजलाई छाड्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतको वुधबारको आदेश स्पष्ट नभएको भन्दै तत्काल छाड्ने अवस्था नदेखिएको कारागार व्यवस्थापन विभाग स्रोतले जानकारी दियो ।

विभागका सूचना अधिकारी रामचन्द्र शिवाकोटीले शोभराज बुधबारको आदेशकै भरमा छुट्ने अवस्था कम देखिएको बताए ।

‘केन्द्रीय कारागारबाट आदेश स्पष्ट नरहेको भन्ने कुरा आएको छ’, उनले भने । यसअघि सर्वोच्च अदालतले कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैद सजाय भोगिरहेका ७८ वर्षीय फ्रेन्च नागरिक शोभराजलाई तत्काल थुनामुक्त गरी १५ दिनभित्र आफ्नो देश फर्काउन आदेश दिएको थियो ।

कारागार प्रशासनले यसअघि शोभराजको हकमा यसअघि आएका आदेशहरु पनि मानेको थिएन । उच्च सुरक्षा खतरा भएको कैदी भएको भन्दै उनलाई केन्द्रीय कारागारको गोलघरमा राखिँदै आएको थियो । सन् १९७५ मा एक अमेरिकी र एक क्यानेडियन नागरिकको हत्या गरेको आरोपमा उनी सन् २००३ मा काठमाडौंबाट पक्राउ परेका थिए । त्यसअघि उनले भारतको कारागारमा झन्डै २१ वर्ष विताएका थिए ।

शोभराजले हिप्पीहरुसँग नजिक भएर पछि उनिहरुकै हत्या गर्ने गरेको विभिन्न अनुसन्धानहरुबाट देखिएको छ । उनले हत्यापछि मृतकको पासपोर्ट प्रयोग गरेर विभिन्न देशको भ्रमण गर्ने गरेका थिए । रत्न व्यापारको आवरणमा लागु औषधको तस्करी र विक्रीमा उनी संलग्न हुने गरेको विभिन्न अनुसन्धान प्रतिवेदनको दाबी छ ।

सर्वोंच्च अदालतले ज्येष्ठ नागरिकले पाउने कैद छुटको सुविधालाई टेकेर बुधबारको आदेश गरेको थियो उनलाई छाड्ने अदालतको आदेशबारे विश्वका प्रतिष्ठित सन्चार माध्यमहरुले पनि कभरेज गरेका छन्।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर