रेशम चौधरीलाई छाड्न सरकारले ल्याएको अध्यादेश संसदमा ल्याए विपक्षमा उभिन्छु : गगन थापा – Nepal Press

रेशम चौधरीलाई छाड्न सरकारले ल्याएको अध्यादेश संसदमा ल्याए विपक्षमा उभिन्छु : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुलुकी फौजदारी संहिता २०७४ मा संशोधनका लागि सरकारले ल्याएको अध्यादेश संसदमा आए विपक्षीमा मतदान गर्ने बताएका छन् ।

प्रतिनिधिसभा सदस्यको सपथपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकारले ल्याएको अध्यादेशको विरोध जनाएका हुन् । सरकारले जेलमा रहेका रेशम चौधरीलाई छाड्न यो अध्यादेश ल्याएको थियो ।

उनले भने, ‘अस्तिमात्रै सरकारले ल्याएको अध्यादेशको म विरोधी हो । त्यो अध्यादेश यहाँ ल्याइयो भने म विरुद्धमा मत हाल्छु । अहिले राष्ट्रपतिले अध्यादेश रोक्न पाउने देखियो । त्यसैले राष्ट्रिपतिको भूमिकाबारे संसदमा छलफल गर्नुपर्छ ।’

राष्ट्रपति आफूखुशी चल्न थालेपछि संसदको सार्वभौमसत्ता खोसिने चिन्ता व्यक्त गरे ।

उनले भने, ‘संसदबाट पारित भएको विधेयकलाई राष्ट्रपतिले आफ्नो मनको आधारमा ठीक या बेठीक भनेर छुट्याउने होइन । हाम्रो प्राक्टिस त्यो हो भनेर मान्यौँ भने संसदको सार्वभौम सत्ता खोसिएन ? अब संसदले विधेयक पास गरेपनि नहुने भयो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर