गठबन्धनलाई गोकुल बाँस्कोटाको सुझाव- देउवाले प्रचण्डलाई प्रधानमन्त्री छोडे हुन्छ
काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले अब बन्ने सरकारको नेतृत्व नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिन सुझाव दिएका छन् ।
देउवा-प्रचण्डबीच हानथाप परिरहेको बेला एमाले नेता बाँस्कोटाले प्रचण्डलाई प्रधानमन्त्री छाड्दिँदा गठबन्धनको गाँठो फुक्ने बताएका छन् ।
उनले ट्वीटरमा लेखेका छन्, ‘नेपाली राजनीति फेरि पनि च्याँखे दाऊमै रमाउने देखिँदैछ। विकास, सरल र छरितो सेवा, बेरोजगारी र गरिबीलाई जित्नु पर्ने राजनीतिक दायित्वको जनमतको चहना केबल सत्ताको छिनाझम्टीमै सकिने भो । अस्थिरता नेपालको अभिशप्त नियति भो । देउवाले प्रचण्डलाई छोडे हुने । गठबन्धन नै गाँठो नपरोस् । शुभकामना।’
नेपाली राजनीति फेरि पनि च्याखें दाऊमै रमाउने देखिदै छ।विकास,सरल र छरितो सेवा,बेरोजगारी र गरिवीलाई जित्नु पर्ने राजनीतिक दायित्वको जनमतको चहना केवल सत्ताको छिनाझम्टीमै सकिने भो।अस्थीरता नेपालको अभिशप्त नियती भो।देउवाले प्रचण्डलाई छोडे हुने।गठबन्धन नै गांठो नपरोस्।शुभकामना!!!
— Gokul Prasad Baskota (@GokulPBaskota) December 23, 2022