स्वदेश पठाउन चार्ल्स शोभराजलाई अध्यागमनबाट विमानस्थल लगियो
काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि कैदमुक्त भएका फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई स्वदेश फिर्ता गराउनका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल लगिएको छ।
साझँ ६ बजे कतार एअरवेजको जहाजबाट दोहा हुँदै फ्रान्स पठाउनका अध्यागमनबाट शोभराजलाई विमानस्थल लगिएको हो।
आजै केन्द्रीय कारागार रिहा गरी अध्यागमन लगिएको थियो। उनी केहीदिन नेपाल बस्न चाहेका थिए। शिवाकोटीका अनुसार सुरक्षाको कारण देखाउँदै आजै डिपोट गर्न लागेको हो।
दुईजनाको हत्या र एकको हत्या प्रयास मुद्दामा अदालतबाट दोषी ठहर भई १९ वर्षदेखि नेपाली जेलमा रहेका शोभराजलाई सर्वोच्चले ज्येष्ठ नागरिकले पाउने कैद छुट दिएपछि ९ महिना कैद मिनाहा दिएको थियो।