कोरोनापछि सुनसरी मोरङ औद्योगिक कोरिडोरमा साढे दुई अर्ब लगानीमा स्टिल उद्योग सञ्चालन – Nepal Press

कोरोनापछि सुनसरी मोरङ औद्योगिक कोरिडोरमा साढे दुई अर्ब लगानीमा स्टिल उद्योग सञ्चालन

विराटनगर । सुनसरी-मोरङ औद्योगिक करिडोरमा ठूलो लगानीमा नयाँ डण्डी उद्योग सञ्चालनमा आएको छ । कोरोना कहरपछि ठूला लगानिमा उद्योगहरु सञ्चालनमा आउन नसकेको अवस्थामा सुनसरीको दुहवी २ अर्ब ५० करोड लगानीमा स्वस्तिक रोलिङ मिल सञ्चालनमा आएको हो ।

उद्योगले बजरङ्ग ब्रान्डका टीएमटी छड, बिलेट, एङ्गल, च्यानल र आई बिम उत्पादन गरेर बजारमा पठाएको छ । यसअघि रडको बिलेटको उत्पादन नहुँदा भारत र अन्य मुलुकबाट आयात हुने गरेको हो ।

५ जना साझेदार रहेको उद्योगको क्षमता दैनिक ५०० टन रहेको सञ्चालक रमेश राठीले बताए । उद्योगको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उद्योगका सञ्चालक राजकुमार गोल्छाले ७ एमएम देखि ३२ एमएम सम्मका टीएमटी छड उद्योगमा उत्पादन हुने बताए ।

उनले नेपालका लागि यो नयाँ र अत्याधुनिक प्रविधि भएको बताए । छडमा ग्रिप्रिड उच्चस्तरको रहेकोले मसलाले बलियोसँग समात्न सक्ने र लचकदार रहेको गोल्छाले बताए । यो ५०० ग्रेडको रड भएको दावी छ । उद्योगमा रमोश राठी, राजकुमार गोल्छा, जीवन रिजाल, मदन रिजाल र फरहानको लगानि रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *