‘सबैका लागि हामी’ अभियानले बर्दिबासका अति बिपन्नलाई न्यानो कपडा बाँडदै – Nepal Press

‘सबैका लागि हामी’ अभियानले बर्दिबासका अति बिपन्नलाई न्यानो कपडा बाँडदै

महोत्तरी । महोत्तरीको बर्दिबासमा केहिदिन यता बढेको चिसोमा अति बिपन्न परिवारका लागि न्यानो बाड्न युवाहरु लागि परेका छन् ।

गत जेठदेखि स्थानीय युवाहरु मिलेर सुरु गरिएको ‘सबैको लागि हामी ’ नेपालले न्यानो अभियान अन्तर्गत बढ्दै गएको चिसोमा न्यानो बाड्न अघि सरेको हो ।

सबैका लागि हामी नेपालको न्यानो अभियान दोस्रो कदम भएको न्यानो अभियानको संयोजन गरिरहेका रवि निरौलाले बताए ।न्यानो अभियानमा बर्दिबासका युवाहरुको उत्साहजनक सहभागिता देखिएको समेत निरौलाको भनाई छ ।

बर्दिबासका युवा व्यवसायी , कर्मचारी , विद्यार्थी, समाजसेवी मनहरु सहयोगी हात बनेर सहभागी भएका छन् । कसैले रकम त कसैले कपडा सहयोग गर्ने प्रतिवद्धता जनाएको सबैका लागि हामी नेपालका जिसफ कुमार सिंहले जानकारी दिए ।

यस न्यानो अभियानमा जोडिएका व्यवसायी राजिव फुयालको सबै मिलेर हातेमालो गर्नुपर्ने बुझाई छ । मन वचन र कर्मले आआफ्नो क्षेत्रबाट गरेको सहयोग जोडिँदा एउटा महत्त्वपूर्ण कार्यले पूर्णता पाउनेमा समाजसेवी निरज अधिकारी आशावादी छन् ।

सबैका लागि हामी नेपालले न्यानो अभियान अन्तर्गत आज बिहान ११ बजे नयाँ न्यानो कपडा तथा सिरक,डसना संकलन गर्ने भएको छ । यस अभियानमा साथ दिन समेत सरोकारवालाहरुलाई आग्रह गरेको छ ।

यसरी संकलन गरिएको न्यानो कपडा बर्दिबास नगर भित्रका अत्ति विपन्न घर परिवार लाई वितरण गरिने संयोजक निरौलाले जानकारी दिए । पहिलो चरणमा बर्दिबास नगरका ३,४,७,८,९,१२ र १३ वडामा वितरण हुने सबैका लागि हामी नेपालका युकेश जङ्ग ठकुरीले बताए । शनिबार संकलन गरिएका कपडाहरु आइतबार वितरण हुनेछ ।

हाल सम्मएक लाख दस हजार रकम जम्मा भइसकेको संयोजक निरौलाले बताए । यसअघि सबैका लागि हामी नेपालले लागूपदार्थ दुर्व्यशन र न्यूनीकरणका विषयमा बर्दिबास नगरपालिकाका नगर प्रमुख प्रल्हाद कुमार क्षेत्री सङ्ग अन्तक्रिया समेत गरेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *