बालुवाटारमा कुरा नमिलेपछि प्रचण्ड बालकोट प्रस्थान
नेपाल प्रेस
२०७९ पुष १० गते १३:०७
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग पावर शेयरिङमा कुरा नमिलेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालकोटतर्फ लागेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न जानकारी दिएर प्रचण्ड बालकोटतर्फ हिँडेका हुन् । केहीबेरमा दुईनेताबीच भेटघाट हुने तय भएको छ ।
माओवादीले आलोपालोपालोमा पहिलो चरणको प्रधानमन्त्री दाबी गर्दै आएको थियो । कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै दिन नसकिने बताएपछि सत्तागठबन्धन भत्किने दिशामा अघि बढेको छ ।
हिजोमात्र ओलीले प्रचण्ड प्रधानमन्त्री बन्न ढिलाई गरेको बताएका थिए ।
प्रतिक्रिया
One thought on “बालुवाटारमा कुरा नमिलेपछि प्रचण्ड बालकोट प्रस्थान”
Leave a Reply
सम्बन्धित खवर
अवे पत्रकार यस्तो अशुद्ध लेख्नु हुन्छ?