१९ सहसचिव र ५ जना उपसचिवमा बढुवा गर्न सिफारिस – Nepal Press

१९ सहसचिव र ५ जना उपसचिवमा बढुवा गर्न सिफारिस

काठमाडौं । सरकारले १९ जना उपसचिव र ५ जना शाखा अधिकृतलाई बढुवा गर्न सिफारिस गरेको छ । बढुवा सिफारिस समितिले विभिन्न सेवाका १९ जना उपसचिवलाई ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनका आधारमा राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव)मा बढुवा गर्न सिफारिस गरेको हो ।

बढुवा सिफारिस भएकामा प्रशासन सेवातर्फका ७, परराष्ट्र सेवाका दुई र लेखापरीक्षण समूहका २ जना छन् । प्रशासनतर्फ रामकृष्ण पुडासैनी, बाबुराम ज्ञवाली, जनकराज शर्मा, कमलबहादुर राजलवट, बद्रीबहादुर कार्की, अर्जुन गौतम र तेजप्रसाद दाहाल रहेका छन् । परराष्ट्र सेवाबाट खड्गप्रसाद दाहाल र प्रकाशमणि पौडेल तथा लेखापरीक्षणतर्फ जयराम घिमिरे र नारायणप्रसाद पराजुली बढुवाका लागि सिफारिसमा परेका छन् ।

यस्तै संघीय संसद सेवाका ५ जना शाखा अधिकृत उपसचिवमा बढुवामा सिफारिस भएका छन् । समितिले ४ जना कार्य क्षमता मूल्याङ्कन र एकजना कार्य सम्पादन तथा अनुभवको मूल्याङ्कनका आधारमा बढुवा सिफारिस गरेको हो । बढुवा सिफारिस हुनेमा शाखा अधिकृत लक्ष्मीप्रसाद ओझा र बाबुराम बस्याल, कम्प्युटर अधिकृत अनन्तप्रसाद कोइराला, सुरेशराज सेढाई र जगदीश न्यौपाने रहेको संघीय संसद सचिवालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *