बालकोट बैठकको निष्कर्ष: प्रधानमन्त्री आलोपालो, राष्ट्रपति र सभामुख एमालेलाई – Nepal Press

बालकोट बैठकको निष्कर्ष: प्रधानमन्त्री आलोपालो, राष्ट्रपति र सभामुख एमालेलाई

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट आगामी सत्ता साझेदारीबारे ठोस सहमति जुटेको छ । नयाँ सरकारको नेतृत्व एमाओवादी अध्यक्ष प्रचण्डले गर्नेछन् भने राष्ट्रपति एमालेले पाउने भएको छ ।

स्रोतका अनुसार प्रचण्डले आगामी साढे दुई वर्ष सरकारको नेतृत्व गर्ने सहमति जुटेको हो । आलोपालोको सिद्धान्तअनुसार त्यसपछिको आधा समय एमालेले सरकारको नेतृत्व लिनेछ ।

प्रधानमन्त्रीपछिको मुख्य दुई पद राष्ट्रपति र सभामुख भने एमालेले पाउने गरी सहमति जुटेको एक नेताले बताए ।

एमाले र एमाओवादीसहित कम्तीमा ५ वटा दलहरु आगामी सरकारमा सहभागी हुने भएका छन् ।

संसदको चौथो ठूलो दलका रुपमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जान सकारात्मक छ । यसैगरी जसपा, नागरिक उन्मुक्ति र जनमत पार्टी पनि इच्छुक छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले भने सरकारमा जाने वा नजाने भनेर ठोस निर्णय लिएको छैन । यद्यपि, बहुमत पुर्‍याउन सहयोग गर्ने पार्टीको निर्णय छ ।


प्रतिक्रिया

One thought on “बालकोट बैठकको निष्कर्ष: प्रधानमन्त्री आलोपालो, राष्ट्रपति र सभामुख एमालेलाई

  1. ठिकै छ । दुईको मित्रता दिगो होस् र देशमा विकास होस् । काँग्रेसले त लुटनेभन्दा केही जानेको छैन । अब प्रचण्डले काम गरेर देखाउने बेला आयो । जनतालाई काम गर्ने मान्छे चाहिएको छ । देउवा एण्ड कम्पनीलाई चक्मा दिन सफल भएकोमा धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर