बालेनको टिप्पणी : राजा फर्काउने, राजा चाहिन्न भन्ने र राजा मार्छु भन्ने मिलेर सरकार बन्यो – Nepal Press

बालेनको टिप्पणी : राजा फर्काउने, राजा चाहिन्न भन्ने र राजा मार्छु भन्ने मिलेर सरकार बन्यो

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले नयाँ सरकार बनेकोबारे टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत केही घण्टामै परिवर्तन भएको राजनीतिक परिदृश्यप्रति बालेनले राजा फर्काउने भन्ने, राजा चहिन्न भन्ने र राजा मार्छु भन्ने एकै ठाउँ भएर सरकार बनेको र जनतालाई सास्ती भएको टिप्पणी गरेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर बालेनले लेखेका छन्, ‘राजा फर्काउछु भन्ने, राजा चाहिन्न भन्ने र राजा मार्छु भन्ने तीनटै सरकारमा । हामी प्रजा सधै सास्तीमा ।’

आज केही घण्टामै नेपालको राजनीतिक गठबन्धनका उलटफेर भएर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको ४४ औं प्रधानमन्त्रीमा नियुक्त भएका छन् । उनले सोमबार ४ बजे सपथ लिने कार्यक्रम छ । उनलाई नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी तथा तीनजना स्वतन्त्र सांसदहरुले समर्थन गरेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर