प्रचण्डको निर्देशन : बालुवाटारमा भड्किलो सामान खरिद नगर्नू
नेपाल प्रेस
२०७९ पुष ११ गते १२:५८
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कुनै पनि नयाँ तथा भड्किलो सामान खरिद नगर्न निर्देशन दिएका छन् ।
प्रचण्डले सचिवालयमार्फत प्रधानमन्त्री कार्यालयको निवास व्यवस्थापन शाखालाई निर्देशन गरेको स्वकिय सचिव रमेश मल्लले बताए ।
प्रचण्ड एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा आइतबार प्रधानमन्त्री नियुक्त भएका थिए ।
प्रतिक्रिया
सम्बन्धित खवर